५ असार २०८२ बिहीबार
image/svg+xml

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब मानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुईतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको बताए।

तीन दलका शीर्ष नेताको बैठक बस्दै

समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै छ।

दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा यहाँको खिजीदेम्बा गाउँपालिकाले शववाहन सञ्चालनमा ल्याएको छ।

व्यक्तिले ठगी गरेको केस अख्तियारमा पुऱ्याउने सुझाव मैले दिएको होइन : सुमना श्रेष्ठ

रास्वपा केन्द्रीय सदस्य एवं सांसद सुमना श्रेष्ठले आफूलाई मुछेर आएको समाचार झुठो भएको बताएकी छन्।

छोराप्रतिको अनुराग घट्दो

पश्चिमा मुलुकहरूमा बाबुको थर आउँदो पुस्तामा सार्ने चलन पनि बद्लिन थालेको छ। कतिपयले आमाको थरलाई प्राथमिकता दिन थालेका छन्।

जुम्लामा एकै घरका पाँच जना बेहोस

जुम्लामा एकै घरमा पाँच जना परिवार बेहोस भएका छन्। जुम्लाको सिंजा-६ काडागाँउका तिर्थ बुढाकाे परिवार बेहोस भएको हो।

नेपाल स्रष्टा समाजले गर्‍याे दुई सम्मानकाे घाेषणा

नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानकाे घाेषणा गरेकाे छ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

सम्झौता भएको एक वर्षमै बन्यो रुम्टाखोला पुल

जैमिनी नगरपालिका ९ र १० का नागरिकलाई पालिका मुकाम कुश्मीसेरा बजारसँग जोड्ने उक्त पुल निर्माणका लागि २०८३ वैशाख १० गतेसम्म सम्झौता मिति भए पनि अहिले नै पुल तयार भैसकेको हो।

संसद्लाई रास्वपाको क्रीडास्थल बन्न नदिऔंः पूर्ण बस्नेत

संसद् चल्न नदिन अपनाएको विरोधको रास्वपा शैलीप्रति कटाक्ष गर्दै बस्नेतले नेपालको राजनीतिमा को कसरी कतिसम्म नाङ्गिन सक्छ भन्ने कुरा जनताले राम्ररी ठम्याइसकेको दाबी गरे। उनले भने, 'रास्वपाको नैतिकताको जामाले कसैको लाज छोपिने अवस्था छैन।'

चैते धान थन्क्याउने चटारोमा किसान

जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन्। दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ। तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ।

वर्षामा यातायात अवरोध हुन नदिन पूर्व तयारी

वर्षायाममा बाढीपहिरोले सडक अवरुद्ध भए यातायात सेवा तत्काल खुलाउन पूर्व तयारी गरेको दाबी सरकारले गरेको छ।

उखु किसानलाई दिइँदै आएको अनुदान बिनाकारण रोकिनु आपत्तिजनक : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान बिनाकारण रोकिनु आपत्तिजनक भएको बताएका छन्।

अमेरिकाले एमसिसीलाई निरन्तरता दिने

अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्