४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एनआरटीकाे लगातार साताैं हार, सरस्वतीलार्इ महत्वपूर्ण ३ अंक

पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत बिहीबारदेखि शुरु भएको आठौं चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ।

मनाङ र अार्मीकाे अपराजित यात्रा कायमै

विदेशी खेलाडी अफिज ओलावालेको निर्णायक गोलको मद्दतमा सोमबार मनाङ मर्स्याङ्दी क्लबले मच्छिन्द्र क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ।

संकटाकाे संघर्षपूर्ण जित, पुलिस र शेर्पाकाे बराबरी

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएका खेलमा संकटा क्लब विजयी भएको छ भने नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन्।

‘ए’ डिभिजन लिग : पहिलो खेलमा पुलिस र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै

पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौं चरणका खेल शनिबार (आज) देखि हुँदैछन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान ११ बजे हुने सातौँ चरणको पहिलो खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्दैछ।

‘ए’ डिभिजन लिग : मनाङ,थ्री स्टार र च्यासल विजयी

शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार भएका खेलमा मनाङ मर्स्याङ्दी, थ्री स्टार र च्यासल क्लब विजयी भएका छन्।

मनाङ र संकटा विजयी

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले अपराजित यात्रा कायमै राख्दा संकटा क्लबले चौथो जित हात पारेको छ। शनिबार भएको लिग अन्तर्गतका पाँचौ चरणका खेलमा दुवै टोलीले जित निकालेका छन्।

फ्रेन्ड्स र जावलाखेलले खाता खोले

तालिकामा अंकविहीन टोलीद्वय फ्रेन्ड्स र जावलाखेल युथ क्लबले बुधबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अंकको खाता खोलेका छन्। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा सम्पन्न दिनको दोस्रो खेलमा फ्रेन्ड्स र जावलाखेलले ३–३ को बराबरी खेल्दै १–१ अंकको खाता खोलेका हुन्।

शेर्पाकाे लगातार तेस्राे जित

शहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। बुधबार सम्पन्न चौथो चरणको खेलमा शेर्पाले लगातार तेस्रो जित निकाल्ने क्रममा मछिन्द्र क्लबलाई पराजित गर्‍याे।

थ्री स्टारद्वारा एनअारटी पराजित

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा थ्री स्टार क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारले एनआरटीलाई २–० ले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा फर्किएको छ।

संकटामाथि अार्मीकाे फराकिलाे जित

राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासले गोलको खडेरी तोडेको दिन सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित रहेको संकटामाथि ५–१ को फराकिलो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

शहिद स्मारक ‘ए’ डिभिजन लिग : अार्मीद्वारा पुलिस पराजित

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितमा टेक बहादुर बुढाथोकीले गोल गरे।

मनाङद्वारा थ्री स्टार पराजित

मनाङ मर्स्याङ्दी क्लब चिर प्रतिद्वन्द्वी थ्री स्टारको चुनौतीलाई पन्छाउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।

प्रवीणको गोलमा एपिएफ विजयी, दाेस्राे चरणका खेल सकिँदा थ्री स्टार शीर्ष स्थानमा

प्रवीण स्याङ्तानको निर्णायक गोलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो दोस्रो खेलमा फ्रेन्ड्स क्लबमाथि १–० को कठिन जित निकालेको छ।

सेड्रिककाे उत्कृष्ट प्रदर्शनमा संकटाकाे लगातार दाेस्राे जित

शहिद स्मारक ए डिभिजन लिगमा संकटाले लगातार दोस्रो जित निकालेको छ। सातदोबाटो स्थित एन्फाको खेलमैदानमा १० खेलाडीमा सीमित संकटाले जावलाखेल युथ क्लबलाई २–० ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित हात पार्यो ।

विक्रमको पुनरागमन सुखद,थ्री स्टार शीर्ष स्थानमा उक्लियो

चोटमुक्त हुँदै ९ महिनापछि मैदान फर्किएका विक्रम लामाले आफ्नो पुनरागमन सुखद पारेको दिन आइतबार रुस्लान थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्