४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सहिद स्मारक ‘ए’ डिभिजन लिगः पुलिस र मछिन्द्रकाे बराबरी

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबले गोल रहित बराबरी खेलेका छन्।

बाह्र वर्षपछि फर्कियो शहिद परिवारमा खुसी

जनआन्दोलन २०६२/०६३ का सहिद हरिराज अधिकारीको सालिक १२ वर्षपछि अनावरण गरिएको छ । प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका तत्कालिन सभापति अधिकारीको २०६२ चैत २६ गते आन्दोलनका क्रममा स्थानीय धम्बोझी चोक नजिक निधन भएको थियो । सरकार र राजनीतिक दलको चरम बेवास्ताका कारण शहिद पत्नी अञ्जु शर्मा(अधिकारी)आफैँले खरिद गरेर ल्याएको उक्त सालिक सोमबार अनावरण गरिएको हो।

प्रधानमन्त्री देउवाद्वारा शहिदप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री शेरबहादुर देउवाले शहिद पार्कमा पुगी शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहिद सप्ताह मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा लौनचौरमा रहेको शहिद पार्कमा पुगी ज्ञातअज्ञात शहिदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जली अर्पण गरेका हुन्।

शहिद दिवशमा ओलीको यस्ताे सन्देश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गरेका छन्।

आज शहिद दिवस

जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन बलिदान गर्ने महान् शहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज देशभर सहिद दिवस मनाइँदै छ।

शहिद सप्ताह शुरु

देशका लागि आफूलाई बलिदान दिने शहिदहरुको सम्झनामा आजदेखि शहिद सप्ताह शुरु भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकमा आयोजित शहिद सप्ताह मूल समारोह समितिले आजदेखि शहिद सप्ताह शुरु गरेको हो । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले शाहादत प्राप्त गरेको टेकु खरिबोटमा उनको तस्बिरमा माल्यार्पण गरी स्मरण गरिएको छ।

कर्णाली आन्दोलनका शहिद हरिबहादुरको सालिक बन्ने

कर्णालीलाई सुदूरपश्चिमसँग जोडेको भन्दै कर्णालीको जुम्लामा सञ्चालन भएको आन्दोलनका क्रममा ज्यान गुमाएका शहिद हरिबहादुर कुँवरको स्मृतिमा सदरमुकाम खलंगामा शालिक वन्ने भएको छ । जिल्ला प्रशासन कार्यालयदेखि पूर्व, उद्योग शाखा कार्यालयदेखि उत्तर, चन्दननाथ मन्दिर जाने मूलबाटो देखि पश्चिम र खलंगाको मूल बजारको दक्षिण क्षेत्रमा शहिद कुँवरको कलात्मक शालिक बन्न लागेको हो ।

शहिद परिवारलाई टिकट नदिँदा मतदाता दुःखी

मधेश आन्दोलनका क्रममा गत वर्ष भदौ २३ र २५ गते आफ्ना छोरा र बाबु दुवै गुमाएका महोत्तरी, जलेश्वर नगरपालिका–८ का शहिद परिवारलाई राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्