४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : पहिलो खेलमा पुलिस र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं – पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौं चरणका खेल शनिबार (आज) देखि हुँदैछन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान ११ बजे हुने सातौँ चरणको पहिलो खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्दैछ।

पुलिस ६ खेलमा ३ जित, १ बराबरी र २ मा हार ब्यहोर्दै १० अंक सहित तालिकाको पाँचौं र सोही नतिजाका साथ हिमालयन शेर्पा छैटौं स्थानमा छ।

त्यस्तै दोस्रो खेलमा प्रतियोगितामा एक खेल पनि नजितेको एनआरटीले प्रतियोगितामा राम्रो लयमा रहेको संकटाविरुद्ध खेल्नेछ। ६ खेलमध्ये ५ मा जित  र १ मा हार ब्यहोर्दै संकटा १५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।

छैटौं चरणका खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी क्लबले शत प्रतिशत नतिजासहित उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ भने मनाङलाई थ्री स्टारले पछ्याइरहेको छ।

गत असोज १३ गतेदेखि शुरु भएको लिगमा सहभागी १४ क्लबले ६–६ खेल खेलिसकेका छन्। कुल ९१ मध्ये छैटौँ चरणसम्म आइपुग्दा ४२ खेल समाप्त भइसकेको छन्। उपाधि दाबेदार क्लब मनाङ मर्स्याङ्दीले अहिलेसम्म सबै ६ खेल जितेको छ।

मनाङसँगै अपराजित रहेको अर्को क्लब त्रिभुवन आर्मीले चार खेलमा जित र दुई बराबरी खेलेको छ। लिगमा यी दुई क्लबमात्र अहिलेसम्म अपराजित छन्।

यस्तै एक खेल मात्र हारेका थ्री स्टार र संकटा अंक तालिकामा आर्मीभन्दा अगाडि छन्। मनाङसँग आर्मी र थ्री स्टारलाई उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको छ। तर आर्मीले दुई खेल बराबरी खेलेपछि शीर्ष स्थानको मनाङभन्दा चार अंकले पछि परेको छ।

प्रकाशित: २२ मंसिर २०७५ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App