१ पुस २०८१ सोमबार
image/svg+xml

बोटसँगै बिक्री भयाे मकै

झापाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिक रुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस) का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन्।

‘आमा बचाउ’ अभियानबाट लाभान्वित हुँदै महिला

अभियानअन्तर्गत रहेको निःशुल्क एम्बुलेन्स सेवाबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका हुन् ।

बालबालिकालाई विद्यालयमै कानुनी शिक्षा

बालबालिकालाई यौनजन्य हिंसाबाट बच्ने उपाय र कानुनी उपचार सिकाउन जुम्लाको उच्च सरकारी वकिल कार्यालय जुटिरहेको छ।

काठ, माटो र ढुङ्गाले बनेका विद्यालय भवन पक्कीमा परिणत हुँदै

विद्यालयको भौतिक संरचना सुधार भएसँगै गलकोट नगरपालिकाले शैक्षिक गुणस्तरलाई अघि बढाउनतर्फ लागेको छ। नगरपालिका ‘बालमैत्री नगर’ घोषणासमेत भइसकेको छ।

राष्ट्रपति रनिङ सिल्ड: ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’

जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ-गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ।

दश वर्षमा ४.७६ प्रतिशतले बढ्यो सहरी जनसङ्ख्या, व्यवस्थापनमा कठिनाइ

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार विगत १० वर्षमा सहरी क्षेत्रको जनसंख्या थपिएर व्यवस्थापन गर्न अप्ठेरो भइरहेको देखाएको छ। ग्रामीण तथा सहरी क्षेत्रमा वर्गीकरणको नतिजाअनुसार जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसंख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ प्रतिशतमा पुगेको छ।

लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै

लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ। बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ।

सिटिजन्स बैंक र केएफडब्लू बैंकबीच सम्झौता

बैंकलाई केएफडब्लु बैंकले सेड्रा –३ प्रोजेक्टमा समझदारीको लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथामध्येबाट चयन गरेको हो।

सडकमा बिस्कुन सुकाउन गाउँपालिकाले लगायाे प्रतिबन्ध

सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोमिख बढेकाले झापा गाउँपालिकाले प्रतिबन्ध लगाएको छ।

वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइँदै

शहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको आतङ्क बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले कुकुरको बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप दिन थालेको छ।

गाउँगाउँमा पक्की घरको लहर

ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की भवन निर्माण हुने क्रम बढ्दै गएपछि परम्परागत ढुंगे घर पातलिंदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन्।

दाइँ लगाउने चलन हराउँदै

पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन थियो तर अहिले उक्त चलन हराउँदै गएको मालिका–३ बेलीका किसान कृष्ण विकले बताए। ‘केही वर्षअघिसम्म मान्छे र पशुको सहायताले हुने कृषि काम गरिन्थ्यो अहिले कृषि यन्त्रको प्रयोग बढेको छ’, उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्