२० आश्विन २०८१ आइतबार
image/svg+xml

एपिएफ मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा

हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब हेटौंडामा जारी दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। वन विज्ञान अध्ययन संस्थानको चौरमा शुक्रबार भएको खेलमा हिमालयनलाई १–० ले एपिएफ अन्तिम आठमा स्थान बनाएको हो।

झापा गोल्डकप : एपिएफलाई हराउँदै आर्मी अन्तिम चारमा

सशस्त्र प्रहरीको एपिएफ क्लबलाई क्वार्टरफाइनलमा रोक्दै त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। एपिएफलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चार सुरक्षित गरेको हो।

मनाङलाई रोक्दै एपिएफ सेमिफाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग १–० ले स्तब्ध हुँदै सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७५ को उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १७औं आहा रारा गोल्डकपबाट बाहिरिएको छ। विजयी एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक खेलमा शनिबार एपिएफले मनाङलाई पराजित गर्दा प्रदीप लामाको गोल निर्णायक भयो।

‘पिङ्काथन हाफ म्याराथन’को उपाधि कान्छीमाया कोजुको पोल्टामा

तेस्रो संस्करणको पिङ्काथन हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) की कान्छीमाया कोजुले जितेकी छिन्। शनिबार प्रहरी प्रधान कार्यालय नक्सालमा भएको उक्त प्रतियोगितामा कान्छीमायाले निर्धारित दुरी १ घण्टा २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन्।

सहारा सडन डेथको सिकार

सहारा क्लबको आतिथ्यलाई अविस्मरणीय बनाउने क्रममा बिहीबार सशस्त्र प्रहरी बलको एपिएफ क्लबले घरेलु टोलीलाई सडन डेथमा सिकार बनाएको छ। उद्घाटन खेल जित्ने अभिलाषालाई एपिएफका विकी लामाले निर्णायक गोल गरेपछि सहारा निराश बन्यो। एपिएफले १७औं संस्करणको आहा रारा गोल्डकपको क्वार्टरफाइनल सुरक्षित गर्‍यो।

आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्दै

१७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता बिहीबार (आज) बाट पोखरामा सुरु हुँदैछ। पोखरा रंगशालामा दिउँसो २ बजे पछि सुरु हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) बीच प्रतिस्पर्धा हुँदैछ।

न्यु डायमन्ड र एपिएफ फाइनलमा

होङ्गान्जी न्यु डायमन्ड र विभागीय टोली एपिएफ दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

धनबहादुर र सरस्वती वर्ष खेलाडी

त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट र सशस्त्र प्रहरी बल एपिएफ क्लबकी सरस्वती चौधरी मनोरमन शर्मा वर्ष खेलाडीद्वारा सम्मानित भएका छन्। नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले आफ्नै नामबाट स्थापना गरेको ट्रष्टबाट पुरुषतर्फ धनबहादुर र महिलामा सरस्वतीलाई शुक्रबार बानेश्वरमा आयोजित एक कार्यक्रममार्पmत वर्ष खेलाडीको अवार्ड प्रदान गरेका हुन्।

टाइब्रेकरको सफलताले एपिएफ फाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले टाइब्रेकरमा फाइनल खेल्ने ढोका उघार्दा पाहुना टोली रिस्हो पोखरामा जारी छैटौं मनकामना केबलकार पोखरा कपबाट बाहिरिएको छ। घरेलु टोलीविरुद्धको खेलमा दबाव राखे पनि जापानिज रिस्हो युनिर्भसिटीको टोली टाइब्रेकरमा ४–१ ले स्तब्ध हुँदै पोखरा बसाई टुङ्ग्याएको हो। सफलता हात पारेको एपिएफ यस प्रतियोगितामा पहिलो पटक फाइनल प्रवेश गर्न सफल भयो।

एपिएफको आश्चर्यजनक गोल

फुटबल खेलमा कहिलेकाहीं निकै आश्चर्यजनक गोल हुन्छ। आइतबार पोखरा रंगशालामा त्यस्तै गोल भयो। खेल सुरु भएको ३५ सेकेन्डमै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले रुस्लान थ्री स्टारको पोस्टमा गरेको गोल दुवै टिमका लागि आश्चर्यजनक हुन पुग्यो।

एपिएफको उपाधि सुनिश्चित

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जारी १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लबमाथि जित निकाल्दै अन्तिम खेलअगावै उपाधि सुनिश्चित गरेको छ। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबमा शनिबार एपिएफले तेस्रो स्थानको आर्मीमाथि ३–१ को सेटमा जित निकालेपछि लिगको अन्तिम खेल बाँकी छँदै उपाधि आफ्नो बनाएको हो।

एपिएफको अपराजित यात्रा यथावत्

एपिएफ क्लबले जारी १४औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा बुधबार दोहोरो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई जोगाइराखेको छ।

एपिएफ शीर्ष स्थानमा कामयै

साबिकको विजेता सशस्त्र प्रहरी बल एपिएफ क्लब १४औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको पहिलो पहिलो राउन्डसम्म शीर्ष स्थानमै रहेको छ।

हिमालयन शेर्पालाई स्तब्ध पार्दै एपिएफको विजयी सुरुवात

पेनाल्टीले भाग्य कोरिदिएपछि विभागीय टोली सशस्त्र प्रहरी बल छैटौं सस्करणको मनकामना केबलकार पोखरा कपको अन्तिम आठमा प्रवेश गर्दा हिमालयन शेर्पा भने उद्घाटन खेलबाटै बाहिरिएको छ।

पुलिसको अपराजित यात्रामा पूर्णविराम

जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय क्लब नेपाल पुलिसको अपराजित यात्रा आठौं खेलमा पूर्णविराम लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्