२७ आश्विन २०८१ आइतबार
image/svg+xml

शिक्षामन्त्रीलाई सांसदको प्रश्न : सर्टिफिकेट राखेर विद्यार्थीले कर्जा कहिले पाउँछन् ?

सरकारले बजेटमा विद्यार्थीलाई शैक्षिक कर्जा दिने भने पनि त्यो कार्यान्वयनको दिशामा जान नसकेको भन्दै सांसदले प्रश्न गरेका छन्। सोमबार संसदमा मन्त्रीसँग सिधा प्रश्नउत्तोरमा नेपाली कांग्रेसका सञ्जय कुमार गौतमले शैक्षिक कर्जा उपलब्ध गराउने भनेर बजेटमा भनिएको थियो तर विद्यार्थी यो कर्जाबाट बन्चित भएका छन्। यो पपुलर कुरा मात्र हो की, कार्यान्वयन पनि हुन्छ ? भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई प्रश्न गरे।

संसद्‍मा आज मन्त्रीसँग प्रश्नाेत्तर

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले मन्त्रीसँग सीधा प्रश्न सोध्ने कार्यक्रम राखिएको छ।

नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह घोषणा

संघीय संसद्ले विदेशस्थित नेपाली दूतावास भएका र नेपालमा आवासीय राजदूतावास रहेका मुलुकमा संसदीयमैत्री समूह गठनको प्रक्रिया शुरु गरेको छ। सभामुख कृष्णबहादुर महराले नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहमा रहने सांसदको नाम घोषणा गरेर उक्त प्रक्रियाको शुभारम्भ गरेको हो।

मिश्रविरुद्ध उजुरी दिन सुनुवाई समितिको आह्वान

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी आह्वान गरेको छ ।

संसदमा देउवाको प्रश्न : राज्य नै दोषी बचाउन लागेपछि हामी कहाँ पुग्छौं ?

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह भन्दा माथी उठेर छोरी चेलीको सम्मान र सुरक्षाको विषयमा सचेत हुन जरुरी भएको बताएका छन्।

मृत्युदण्डको कानुन बनाउन संसदमा उठ्यो अावाज

पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारजस्ता घटनाका अपराधीलाई मृत्युदण्ड दिन मिल्ने व्यवस्था गराउने पहल थाल्न सरकारसँग माग गरेका छन्।

न्यायाधीश जोशीले राजीनामा नदिने

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले राजीनामा नदिने बताएका छन्। सोमबार बालुवाटार निवासमा नागरिकसँग कुरा गर्दै जोशीले राजीनामा नदिई बिदा सकिएपछि अदालत जाने बताए।

चिकित्सा शिक्षा विधेयक : समितिले गाेविन्द केसीसँग छलफल गर्ने

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा गोविन्द केसीसँग छलफल गर्ने भएको छ। समितिको अाइतबारको बैठकले विधेयकका बारेमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिए।

‘कानुन निर्माणमा संघीय संसद र प्रदेशबीच समन्वय हुनुपर्छ’

प्रतिनिधि सभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले संघीय संसद र प्रदेशसभाबीच सभा सञ्चालन र प्रक्रियाबारे अनुभव आदानप्रदान तथा कानुन निर्माणमा समन्वय हुनुपर्ने बताएका छन्। संघीय संसद र प्रदेश सभाका पदाधिकारीबीच संसदीय प्रक्रिया र अनुभवका आदानप्रदान गर्न आइतबार आयोजित अन्तरक्रियामा बोल्दै उनीहरुले कानुन निर्माणका लागि समन्वयमा जोड दिएका हुन्।

छोरीको उदाहरण दिँदै गगनले नागरिकताबारे संसदमा उठाए गम्भीर प्रश्न

नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले आमाको नामबाट सजिलोसँग नागरिकता पाउनेगरी कानुन बनाउनुपर्नेमा जोड दिएका छन्। गृहमन्त्री रामबहादुर थापाले मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ माथि टिप्पणी गर्दै थापाले आमाको नाममा सजिलोसँग नागरिकता दिनको निम्ति केही बाटोहरु खोल्ने अवसर आएको तर प्रस्तुत विधेयकमा आफूहरु चुकेको गुनासो गरे।

गृहमन्त्रीमाथि संसदमा भीम रावलको प्रश्नै प्रश्न

गृहमन्त्री रामबहादुर थापाले मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ प्रस्तुत गरेका छन्। गृहमन्त्रीले विचार गरियोस भनी बैठकमा प्रस्तुत गरेको विधेयकमाथि टिप्पणी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले विधेयक परिमार्जनको माग गरे। उनले विधेयक प्रस्तुतकर्ता गृहमन्त्री थापालाई संविधान र ऐन बाझिएको जानकारी गराउँदै प्रश्नै प्रश्न गरे।

त्रासदीय राजनीतिमा लोकतन्त्र

दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदका लागि अस्वीकार गर्नु नेपालको राजनीतिमा सामान्य घटना होइन ।

संसदमा सत्ता र प्रतिपक्षबीच आरोपप्रत्यारोप

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय सुनुवाइ समितिबाट शुक्रबार भएको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ। प्रतिनिधिसभाको साेमबारको बैठकको प्रारम्भै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विनाआधार प्रस्तावित प्रधानन्यायाधीशलाई अयोग्य घोषणा गर्ने निर्णय भएको आरोप लगाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्