नेपालगन्जमा नाकामा १५ टन मासु बरामद
नेपाल–भारत सिमानाका जमुनाहाबाट नेपालगन्ज भित्र्याउँदै गरेको ठुलो परिमाणको मासु बरामद गरिएको छ । भारतीय ट्रकमा लोड गरी भित्र्याउँदै गरेको १५ मेट्रीक टन मासु नेपालगन्ज भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।
नेपाल–भारत सिमानाका जमुनाहाबाट नेपालगन्ज भित्र्याउँदै गरेको ठुलो परिमाणको मासु बरामद गरिएको छ । भारतीय ट्रकमा लोड गरी भित्र्याउँदै गरेको १५ मेट्रीक टन मासु नेपालगन्ज भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।
वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित प्रमुख विजय सरावगीले ‘मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना’को काम आउदो पुस मसान्तभित्र सम्पन्न गर्न सरोकारवालालाई निर्देशन दिएका छन् । योजना कार्यान्यवन गर्ने कार्यालय, परामर्शदाता कन्सल्टेन्ट विज्ञ र अन्य सरोकारवालासँगको छलफलपछि पुस मसान्तभित्र निर्माण कार्य पूरा गर्ने गरी काम गर्न उनले निर्देशन दिएका हुन् ।
तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरेर फर्किने क्रममा जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडाैं ल्याइएकाे छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि मोरङ, उर्लाबारीका–२६ वर्षीय दिलीप घिमिरे र २० वर्षीय अनिलजंग थापालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडाैं ल्याइएकाे हाे ।
सिरियाको रक्कामा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । गत चार दिनको अवधिमा उनीहरू मारिएको र अरु दर्जनौ घाइते भएको सिरियाको मानव अधिकारवादी संस्थाले सोमबार जानकारी दिएको छ । मारिने सवै सर्वसाधारण नागरिक रहेको पनि समाचारमा जनाइएको छ ।
बारा, जितपुरस्थित शिवशक्ति घिउ उद्योगले उत्पादन गर्ने फेमिली ब्रान्ड खानेतेलमा अखाद्य वस्तु मिसेको भेटिँदा पनि उक्त उद्योगलाई कारबाही गर्न सम्बन्धित निकायले आनाकानी गरेको पाइएको छ ।
भारी वर्षाले साउनको अन्तिम साता पूर्वी नेपाल डुबानमा परे । पानीको बहाब र गहिराइ यतिबिध्न तीब्र थियो कि एक सयजना बढीको ज्यान नै गयो । धनमालको यकिन क्षतिको विवरण अझै सार्वजनिक भइसकेको छैन् ।
चीनमा हुन लागेको १९ औं नेसनल कांग्रेसका लागि रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सभाको समयमा तिब्बती चिनियाँ भूमिमा प्रवेश गरी चीनविरोधी गतिविधि गर्न सक्ने भएकाले सीमानाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
तीन जनाको ज्यान जाने गरी मंगलबार साँझ कागबेनीमा भएको बस दुर्घटनाका घाइतेलाई बुधबार बिहान काठमाडौँ ल्याइएको छ।
दक्षिण कोरियाको व्यापार तथा बाणिज्यसम्बन्धी एक अनुसन्धानकर्ताले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको प्रभाव आगामी छ महिनासम्ममा देखिने बताएका छन् ।
यो वर्ष रसुवागढी नाकाबाट ५५ ओटा भेडाच्याङ्ग्रा मात्र आयात भएको छ । तिब्बतमा भेडाच्याङ्ग्र्राको मूल्य बढेको र उत्पादन भएको च्याङग्रा त्यहीँ खपत हुने भएको कारण आयातमा कमी आएको हो । दशैँलाई लक्षित गरी चीनको तिब्बतबाट रसुवागढी हुँदै आयात गरिने भेडाच्याङ्ग्राको संख्यामा तीन वर्षदेखि निरन्तर ओरालो लागेको छ ।
स्थानीय तह तेस्रो चरणको चुनाव सुरक्षाका लागि भारतको सितामाडी र मधुवनी जिल्लासँग जोडिएका महोत्तरीका सीमा बन्द गरिएको छ । दुवै देशका सुरक्षा निकायसँगको समन्वयमा ७२ घण्टा (तीन दिन) का लागि सीमा नाका बन्द गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले दिए ।
साउदी अरब र कतारका नेताहरुले शुक्रबार कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गरेका छन्।
युरोपियन युनियनले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको तयारी गरिरहेको जानकारी सो संस्थाका कूटनीतिक प्रमुखले दिएका छन्।
नेपाल र चीनबीचको रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा स्तरोन्नति गरिएको छ । अन्तर्राष्ट्रिय नाकाको रुपमा रुपान्तरण भएपछि अब रसुवागढी–केरुङ नाकाबाट नेपाली र चिनियाँ नागरिकका साथै तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन् ।
पुल क्षतिग्रस्त भएको कारण जोगवनी नाकाबाट सामान आयात/निर्यात ठप्प भएपछि दुई देशका पदाधिकारीबीच आजदेखि वैकल्पिक नाका प्रयोगमा ल्याउने सहमति भएको छ।