८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रसुवाबाट ३६ हजार पर्यटक

रसुवागढी नाका हुँदै नेपाल आउने चिनियाँ पर्यटक बढेका छन्। सडक मार्ग हुँदै नेपाल आउने चिनियाँ पर्यटकको रोजाइमा रसुवागढी परेको हो। अन्य नाका सञ्चालनमा नआएका कारण यो नाकाबाट पर्यटक आउने क्रम बर्सेनि बढ्दै गएको छ।

व्यापारिक कारोबार सुरु

रसुवागढी नाकामा व्यापारिक कारोबार सुरु भएको छ। ल्होसारको कारण २२ दिनदेखि कारोबार रोकिएको थियो। चीनको केरुङमा सामग्री लिन पुगेका ८० वटा कन्टेनरमा सिल लगाइएको छ। स्याउ लिन गएका गाडीमा सिल लगाउन सुरु गरिएको केरुङमा रहेका व्यापारी पुरुषोत्तम पौडेलले बताए।

रसुवागढी नाका जोड्ने दुबै सडकलाई प्राथमिकता : मुख्यमन्त्री पौडेल

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने दुवैतर्फको सडकको व्यवस्थापन गर्नुपर्ने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्। नाका अवलोकनका लागि आइतबार रसुवागढी पुगेका मुख्यमन्त्री पौडेलले दुवै सडकलाई प्राथमिकता दिएर स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्। वार्षिक रूपमा अर्बौं राजस्व उठ्ने गरे पनि सडकको दुरवस्था देखेर उनले दुःख व्यक्त गरे।

स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नति गरिने

रसुवागढी नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडकको स्तरोन्नति गरिने भएको छ। चीन सरकारको सहयोगमा सडकको स्तरोन्नति गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। सडक सीमाभित्र रहेका घर टहरा हटाउने, विद्युत्का पोल सार्ने लगायतका काम भइरहेको छ।

रसुवागढी नाकामा २२ दिन कारोबार नहुने

रसुवागढी नाकामा २२ दिन व्यापारिक कारोबार नहुने भएको छ। चिनियाँ भन्सार कार्यालयले बुधबारदेखि गाडीमा शिल नलगाउने भएपछि कारोबार नहुने भएको हो। ल्होसारको कारण मंगलबारदेखि २२ दिनसम्म कारोबार नहुने रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा रहेका कर्मचारी घर गएसँगै कारोबार रोकिएको त्यहाँ रहेका व्यावसायी पुरुषोत्तम पौडेलले बताए।

१५ अर्ब १७ करोड राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले साढे तीन वर्षमा १५ अर्ब १७ करोड राजस्व संकलन गरेको छ। ४३ महिनाअघि भूकम्प गएपछि रसुवागढी नाकामा नियमित कारोबार सुरु भएको थियोे।

मुआब्जा माग्दै जिल्ला बन्द

त्रिशूली–मैलुङ–रसुवागढी सडक योजनाका प्रभावितले मुआब्जा माग गर्दै आइतबार नुवाकोट बन्द गरेका छन्। सडक निर्माण तथा स्तरोन्नतिका क्रममा योजनाले पिपलटार–ढुंगे सडक खण्डका प्रभावितलाई मुआब्जाको व्यवस्था गर्न आनाकानी गरेको भन्दै उचित मुआब्जा माग गर्दै नुवाकोट बन्द गरिएको हो।

नुवाकोट बन्दको प्रभाव सडकदेखि विद्यालयसम्म

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक अन्तर्गत पर्ने पिपलटार–ढुङ्गे सडक खण्डका प्रभावितहरूले आइतबार नुवाकोट बन्द गराएका छन्। बन्दको प्रभाव यातायातदेखि विद्यालयसम्म परेको छ।

लक्ष्यभन्दा बढी राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले चार महिनादेखि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिना लक्ष्य भेटाउन नसकेको कार्यालयले असोजयता लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो।

दस हजार रसुवालीले लिए ‘चाइना पास’

चीनसँग सिमाना जोडिएको रसुवाका बासिन्दा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवतजावत गर्न पाउँछन्। त्यसका लागि रसुवागढी अध्यागमन कार्यालयले नेपाल–चीन आगमन–प्रस्थान अनुमति पत्र(चाइना पास) उपलब्ध गराउँछ। यो एकपटक बनाएपछि एक वर्षसम्म त्यहीं (केरुङ)बस्न पाइन्छ।

मुआब्जा माग्दै चक्काजाम

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकअन्तर्गत पर्ने पिपलटार–ढुङ्गे खण्डका प्रभावित जग्गाको मुआब्जा माग गर्दै आइतबार दिउँसो एक घण्टा चक्काजाम गरेका छन्। आयोजनाले सडक निर्माण तथा स्तरोन्नति गर्नेक्रममा आप्नो जग्गा सडकमा पर्ने भए पनि आयोजना पक्षले मुआब्जा दिन प्रक्रिया अघि नबढाएको स्थानीयको गुनासो छ।

मैलुङ–स्याफ्रु सडक स्तरोन्नति सुरु

चीन जोड्ने छोटो दूरीको रूपमा रहेको मैलुङ–स्याफ्रु सडकको स्तरोन्नतिको काम बुधबारदेखि सुरु भएको छ। मैलुङस्याफ्रुबेंसी सडकखण्डमा गएको पहिरो पन्छाउने काम सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्नुपरेकाले स्तरोन्नतिमा ढिलाइ भएको योजना प्रमुख सुवोध कुमार देवकोटाले बताए। ‘हामीले गत कात्तिकबाट नै स्तरोन्नतिको काम सुरु गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘असारमा पहिरोले सडकमा थप क्षति गरेपछि संशोधन गर्नुपर्‍यो।’ संशोधनपछि काम सुरु गरिएको उनको भनाइ छ।

माघको दोस्रो हप्तादेखि सुक्खा बन्दरगाह निर्माणको काम सुरु हुने

चीन सरकारले रसुवागढी नाकामा निर्माण गर्न लागेको सुक्खा बन्दरगाह निर्माणको काम माघको दोस्रो हप्तादेखि सुरु हुने भएको छ।  गत असोजबाट निर्माण कार्य सुरु हुने भनिए पनि प्राविधिक कारणले ढिलाइ भएको हो। बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएर ठेकेदार छनोटको काम सकिएको छ। माघको दोस्रो सातासम्ममा निर्माणको काम सुरु भइसक्ने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

रसुवागढी नाकाबाट २९ हजार पर्यटक भित्रिए

सन् २०१८ मा रसुवागढी नाका हुँदै २९ हजार पर्यटक नेपाल आएका छन्। अध्यागमन कार्यालय रसुवागढीका अनुसार १२ महिनामा २९ हजार एक सय ५४ चिनियाँ तथा विदेशी पर्यटक नेपाल आएका हुन्। सन् २०१६ मा चार हजार नौ सय ६१ र सन् २०१७ मा १७ हजार ६ सय २० जना तथा र ८२ जना अन्य देशका नागरिक नेपाल भित्रिएको अध्यागमन कार्यालयको तथ्यांक छ।

रसुवागढी नाका जोड्ने सडक मंगलबार खुल्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोको कारण सोमबार दिनभर अवरुद्ध भएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ खोपाङ भीरमा सुख्खा पहिरो गएपछि सोमबार बिहानैदेखि सवारी साधन सञ्चालन हुन सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्