८ आश्विन २०८१ मंगलबार
image/svg+xml

लक्ष्यभन्दा ६४ प्रतिशत बढी राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले मंसिर महिनामा लक्ष्यभन्दा ६४ प्रतिशत बढी राजस्व संकलन गरेको छ। मंसिर महिनामा ९९ करोड २७ लाख १० हजार राजस्व संकलन गरिएको भन्सार कार्यालयले जनाएको छ।

रसुवागढी नाका हुँदै ४० देशका पर्यटक नेपाल भित्रिए

रसुवागढी नाका हुँदै एक महिनामा ४० देशका पर्यटक नेपाल आएका छन्। गत नोभेम्बर महिनामा विभिन्न ४० देशका एक हजार दुई सय आठ पर्यटक नेपाल आएका हुन्।

जलविद्युत् आयोजनाद्वारा ११ किमि सडक निर्माण

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाले ११ किलोमिटर सडक निर्माण गरेको छ।

मुआब्जा माग गर्दै विरोध प्रदर्शन

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक विस्तारअन्तर्गत पिपलटार–ढुंगे खण्डमा जग्गा पर्ने बासिन्दाले मुआब्जा माग गर्दै सोमबार विरोध प्रदर्शन गरेका छन्। पिपल्टार–ढुंगे सडक खण्ड प्रभावित सरोकार समितिको आयोजनामा उनीहरूले विरोध ¥याली र कोणसभा गरेका हुन्।

१५ लाख बराबरकाे अवैध सामान बरामद

भन्सार छलेर ल्याइएका अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेकाे छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भन्सार छलि ल्याएकाे करिब १५ लाख मुल्य बराबरका जुत्ता तथा क्याप सशस्त्रले बरामद गरेकाे हाे।

रसुवामा लक्ष्यको तुलनामा ४ सय प्रतिशत राजस्व

रसुवागढी भन्सार कार्यालयले असोजमा लक्ष्यभन्दा करिब चार सय प्रतिशतले बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा दुई अर्ब ३२ करोड ६९ लाख ७६ हजार राजस्व संकलन गरेको हो ।

रसुवागढीमा नयाँस्तम्भ

रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ मा रहेको ऐतिहासिक स्थल रसुवागढीमा नयाँ स्तम्भ निर्माण गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले निर्माण गरेको स्तम्भमा नेपालको राष्ट्रिय झन्डा प्रतिस्थापन गरिएको छ।

रसुवागढी नाकाबाट भेंडाच्यांग्रा भित्रिँदै

नाका रसुवागढीबाट भेडाच्यांग्राको आयात सुरु भएको छ। दसैं आउन केही समय बाँकी रहँदा नाकाबाट भेडाच्यांग्रा आयात सुरु भएको हो।

रसुवागढी नाका हुँदै १९ हजार विदेशी पर्यटक नेपाल भित्रिए

रसुवागढी नाका हुँदै ९ महिनामा १९ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। चीनसहित विभिन्न ५२ देशका १९ हजार ३ सय ५० पर्यटक नेपाल आएका रसुवागढी अध्यागमन कार्यालय रसुवाले जानकारी दिएको छ।

रसुवागढी अध्यागमन कार्यालयमा इम्मी प्रणाली जडान

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा रहेको अध्यागमन कार्यालयमा इम्मी सफ्टवेयर जडान गरिएको छ। देशभर रहेका अध्यागमन कार्यालयको सुधार अन्तर्गत रसुवागढी अध्यागमनमा इम्मी सफ्टवेयर प्रणाली जडान गरिएको हो। केआइओएसके जडान गरिएसँगै विदेशी नागरिकले अनलाइन फर्म भर्न सक्ने भएका छन्।

रसुवागढीमा सवारी नियमित नहुँदा आयात–निर्यात घट्यो

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रसुवागढी नाकामा आयात तथा निर्यात दुवै घटेको छ । साउन र भदौ महिनामा नाका जोड्ने सडक अवरुद्ध हुँदा आयात तथा निर्यात घटेको हो।

रसुवागढी जोड्ने नाका पहिरोले अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ।

रसुवागढी भन्सारमा सोमबारदेखि राजश्व संकलन सुरु हुने

रसुवागढी भन्सार कार्यालयमा सोमबारदेखि राजश्व सङ्कलन हुने भएको छ। बाढीपहिरोको कारण एक महिना ठप्प भएको नाकामा सवारी सञ्चालन सुरु भएको भएपनि व्यापारी आउने क्रम भर्खरै सुरु भएकाले राजश्व उठाउने कार्य ढिला भएको हो।

रसुवागढी नाका खुल्याे, सवारी चल्न थाले

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा मंगलबारदेखि सवारी साधन सञ्चालन सुरु भएको छ। नाका जोड्ने धुन्चे रसुवागढी सडक खण्डको मर्मत गरेसँगै नाकामा साना ठुला सवारी साधन चल्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्