८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक शुक्रबारदेखि सञ्चालन हुने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ।

रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक बन्द

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक बुधबार दिनभर बन्द हुने भएको छ। सडक खण्डको त्रिशूली खोलामा ढलान गर्न लागिएकाले सडक बन्द गर्न लागिएको हो।

मुआब्जा वितरण बाँकी

मुलुकको उत्तरी छिमेकी चीनसँग जोड्ने दोस्रो प्रमुख नाका रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौता भएको छ। सुक्खा बन्दरगाह निर्माणको जिम्मेवारी पाएको तिब्बेत फुली कन्स्ट्रक्सन र नेपाली पक्षबीच आइतबार सम्झौता भएको हो। इन्टरमोडल यातायात विकास समितिका अनुसार अबको एक महिनाभित्र बन्दरगाह निर्माण कार्य सुरु हुने छ।

वर्षामा पनि रसुवागढी नाकाका दुवै सडक सञ्चालन गरिने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक वर्षाको समयमा पनि नियमित सञ्चालनमा ल्याइने भएको छ। वर्षाको समयमा हुनसक्ने सम्भावित सडक अवरोधलाई हटाएर नियमित रूपमा यातायात सञ्चालन गरिने भएको हो।

सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौता हुँदै

रसुवागढी नाकामा निर्माण हुने सुक्खा बन्दरगाह निर्माणका लागि चिनियाँ टोली नेपाल आएको छ। निर्माणको जिम्मेवारी पाएको तिब्बेत फुली कन्स्ट्रक्सनको टोली नेपाल आएको हो।

वर्षामा पनि रसुवागढी नाकाका दुवै सडक सञ्चालन गरिने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक वर्षाको समयमा पनि नियमित सञ्चालनमा ल्याइने भएको छ। वर्षाको समयमा हुनसक्ने सम्भावित सडक अवरोधलाई हटाएर नियमित रूपमा यातायात सञ्चालन गरिने भएको हो।

रसुवागढीको सेयर सबै आवेदकलाई ४० कित्ता

रसुवागढी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) मा आवेदन दिने सबै आवेदकलाई ४० कित्ता सेयर परेको छ। आज भएको आईपीओ बाँडफाँडबाट आवेदन दिने सबै लगानीकर्तालाई न्यूनतम ४० कित्ता सेयर परेको हो। रसुवागढी हाइड्रोपावरमा कुल दुई लाख ९१ हजार दुई सय २६ जनाले आवेदन दिएका थिए।

रसुवागढी र सान्जेनको आइपिओ बिक्रीबाट तीन अर्ब १७ करोड संकलन

रसुवागढी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर (आइपिओ) बिक्रीबाट तीन अर्ब १७ करोड संकलन भएको छ। दुवै कम्पनीका लागि ६ लाख ११ हजारले आवेदन दिएका थिए। सान्जेनका लागि तीन लाख चार हजार आवेदकले एक करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका थिए। यसबाट एक अर्ब ४१ करोड रुपैयाँ संकलन भएको छ।

रसुवागढी र साञ्जेनको आइपिओ बिक्रीबाट ६ अर्ब १७ करोड सङ्कलन

रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण सेयर (आइपिओ) बिक्रीबाट ६ अर्ब १७ करोड सङ्कलन भएको छ।

पाैने दुई अर्बको चिनियाँ स्याउ आयात

रसुवागढी नाकाबाट चिनियाँ स्याउ आयात बढेको छ। नेपालमा चिनियाँ स्याउको माग बढ्दै जाँदा आयात पनि बढेको हो।

सान्जेन र रसुवागढी पनि थपिए

ऊर्जा मन्त्रालयले सान्जेन र रसुवागढी जलविद्युत् आयोजना पनि जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत अघि बढाउने भएको छ। मन्त्रालयले जनताको जलविद्युत् कार्यक्रमको अनुसूची हेरफेर गर्दै यी दुई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको हो।

रसुवागढी र सान्जेनले साधारण सेयर जारी गर्ने

रसुवामा निर्माण भइरहेका तीनवटा जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएका छन्। एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गर्ने रसुवागढी हाइड्रोपावर कम्पनीका साथै सान्जेन र माथिल्लो सान्जेन निर्माण गर्ने सान्जेन हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गर्न लागेका हुन्।

धुलो र सवारी जामले सास्ती

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको गल्छी–रसुवागढी सडकमा धुलो व्यवस्थापन नहुँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ। निर्माण हुँदै गरेको सडकमा अत्यधिक धुलोे उड्ने गरेका कारण सडक प्रयोगकर्ता यात्रुसहित छेउछाउका स्थानीय आजित बनेका छन्। धुलोेले त्यस क्षेत्रमा चल्ने सवारीसाधनका चालक, यात्रु तथा सडक वरपरका स्थानीयको स्वास्थ्यमा पनि गम्भीर असर पारिरहेको छ।

रसुवागढीबाट कृषि तथा वनजन्य सामग्री आयातमा रोक

रसुवागढी नाकाबाट कृषि तथा वनजन्य सामग्री आयातमा रोक लगाइएको छ। बिरुवा स्वस्थताको प्रमाणपत्र (फाइटोस्यानेटरी सर्टिफिकेट) बिना ल्याइएका सामग्री आयातमा रोक लगाइएको हो। चार वर्षदेखि प्रमाणपत्र बिना कृषि तथा वनजन्य सामग्री आयात हुँदै आएको छ। यो महिनादेखि यी वस्तु आयातमा रोक लगाइएको प्लान्ट क्वारेन्टाइन कार्यालय रसुवाले जनाएको छ।

मैलुङ–स्याफ्रुबेंसी सडकमा ब्लास्टिङ सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा मंगलबारदेखि ब्लास्टिङको काम सुरु भएको छ। ब्लास्टिङ गर्नका लागि अनुमति नपाउँदा सडक खुल्न सकेको थिएन। १७ किलोमिटर सडकमध्ये दुई सय मिटर सडकको काम मात्रै बाँकी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्