८ आश्विन २०८१ मंगलबार
image/svg+xml

मंगलबारदेखि सवारीमा सिल नहुने

सोमबार करिब एक सय ३० वटा गाडीमा सिल लगाइएको छ। सिल भएका मालबाहक कन्टेनर नियमित रूपमा नेपाल आउने छन्। चिनियाँ भन्सार तथा अध्यागमन एक सातासम्म बन्द हुने भएकाले नेपाली घर फर्कन थालेको व्यवसायी पुरुषोत्तम पौडेलले बताए।

रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण सुरु

रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ। चीन सरकारको सहयोगमा ३० महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो।

भदौमा डेढ अर्ब राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले गएको भदौ महिनामा डेढ अर्ब राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार भदौ महिनामा एक अर्ब ५१ करोड २६ लाख ९० हजार दुई सय ६७ रुपैयाँ राजस्व संकलन गरेको हो।

रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक खुल्यो

वर्षाको कारण दुई महिनादेखि अवरुद्ध रहेको मैलुङ–स्याफ्रु सडक मंगलबारदेखि खुलेको छ। बेत्रावतीदेखि छोक्कलसम्मको पहिरो हटाउनुको साथै खोलामा ह्युमपाइप राखिएपछि सडक खुलेको हो। शनिबारदेखि मर्मत भएको सडक खुलाउन सफल भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु

रसुवाको कालिका गाउँपालिका–१, नागर्दुन क्षेत्रमा पहिरो सडक लगेपछि चार दिनदेखि नाका जोड्ने सडक अवरुद्ध भएको छ। यो सडक खुलाउन धेरै समय लाग्ने भएकाले छोटो दूरीको सडक खुलाउन लागिएको हो।

रसुवागढी नाका जोड्ने सडकमा प्रयोग गरिएको मेसिनको दलीय प्रचार

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक मर्मत सुरु भएसँगै यसले राजनीतिक रूप लिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा सुरु भएको मर्मतलाई दुई दलले आफ्नो नेतृत्वमा सुरु भएको भन्दै सामाजिक सञ्जालमा प्रचार गर्न थालेपछि विषयले नयाँ मोड लिएको हो।

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु भएको छ। पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक अवरुद्ध भएपछि शनिबारदेखि मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु गरिएको हो।

रसुवागढी नाका जोड्ने सडक निर्माण ‘नयाँ आयोजना’बाट

रसुवागढी नाका जोड्ने सडकको नयाँ आयोजना लगाएर काम गर्नुपर्ने देखिएको छ। २०४२ मा निर्माण भएको बेत्रावती–धुन्चे सडक मर्मत गरेर मात्रै यातायात सहज बनाउन नसकिने भएकाले आयोजना ल्याउनुपर्ने भएको हो।

चार वर्षमा २० अर्ब राजस्व संकलन

२०७२ वैशाख १२ गतेको भूकम्पपछि व्यापारिक कारोबार सुरु भएको रसुवागढी नाकामा आयात तथा निर्यात बढ्दै गएको छ। नेपाल–चीनबीच मालसामान आयात निर्यात बढ्दै जाँदा राजस्व संकलन पनि बढ्दै गएको छ।

रसुवागढी नाकामा मंगलबारदेखि ‘क्यू नम्बर’ अनिवार्य

रसुवागढी नाकामा सवारी चापलाई व्यवस्थापन गर्न ‘क्यू नम्बर’ अनिवार्य गरिने भएको छ। नाकामा सञ्चालन भइरहेका ट्रक कन्टेनर व्यवसायीको सुरक्षा र अवसरको समानुपातिक वितरणका लागि केही समय पहिलेदेखि स्थायी क्यू नम्बर दिइँदै आएको छ।

आठ महिनामा २२ हजार पर्यटक भित्रिए

रसुवागढी नाका हुँदै आठ महिनामा २२ हजार भन्दा बढी चिनियाँ तथा तेस्रो देशका पर्यटक नेपाल भित्रिएका छन्। रसुवागढी अध्यागमन कार्यालयका अनुसार २०१९ जनवरीदेखि अगष्ट अन्तिमसम्ममा २२ हजार ८ सय ४९ पर्यटक स्थलमार्ग भएर नेपाल भित्रिएका हुन्। रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौँ, पोखरा तथा लुम्बिनी जाने गरेका छन्।

अवरुद्ध रसुवागढी राजमार्ग खुल्यो

पहिराका कारण आइतबारदेखि अवरूद्ध स्याफ्रु–रसुवागढी खण्ड राजमार्ग आजदेखि खुलेको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार ठाडो पाखोबाट झरेको पहिराका कारण यहि भदौ १५ गते बिहानैबाट बन्द स्याफ्रुबेशीदेखि उत्तर गोसाँइकुण्ड गाउँपालिका–३ स्थित बृद्विम इलाका क्षेत्रको राजमार्ग अवरूद्व भएपछि रसुवागढी तथा लाङटाङ खोला भोटेकोशी हाईड्रोपावर, गाउँपालिका र सडक विभागको स्काभेटरको सहायताले राजर्माग संञ्चालन गरेकोहो।

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

स्याउबारी–स्याफ्रु सडक सडक डिभिजन, स्याफ्रु–रसुवागढी सडक खण्डमा विभिन्न जलविद्युत् आयोजनाले पहिरो पन्छाउने काम गरिरहेका छन्।

छुटेका प्रभावितलाई मुआब्जा वितरण

रसुवागढी नाकामा निर्माण हुन लागेको सुक्खा बन्दरगाह निर्माण क्षेत्रका छुटेका प्रभावितले मुआब्जा पाएका छन्। यसअघि नाम छुटेका कारण मुआब्जा नपाएका सात घरधनी तथा ले मुआब्जा पाएका हुन्। जिल्ला प्रशासन कार्यालय रसुवाले साउनमा २३ लाख ४२ हजार सात सय १८ र भदौमा पाँच लाख ४९ हजार ६ सय ७४ गरी २८ लाख ९२ हजार तीन सय ९२ रुपयाँ वितरण गरेको छ।

महिनामा अर्बभन्दा बढी राजस्व

रसुवागढी भन्सार कार्यालयले एक महिनामा एक अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कार्यालयले एक अर्ब तीन करोड पाँच लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्