८ आश्विन २०८१ मंगलबार
image/svg+xml

एक महिनामा एक अर्ब तीन करोड राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले एक महिनामा एक अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कार्यालयले एक अर्ब तीन करोड पाँच लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो।

मुआब्जा नपाएसम्म संरचना हटाउन नदिने

चीन सरकारको सहयोगमा स्तरोन्नति हुन लागेको स्याफ्रु रसुवागढी सडकको संरचना हटाउन स्थानीयले अवरोध सिर्जना गरेका छन्। उनीहरुले स्याफ्रुबेंसी सडकको लगत कट्टा नभएको, मुआब्जा नपाएको, लालपूर्जा आफूसँगै भएको र तिरो तिर्दै आएको भन्दै पहिले मुआब्जा पाउनुपर्ने माग गरेका छन्।

रसुवागढी नाका जोड्ने सडक मर्मत

सडकका कर्मचारी र प्रहरी टोली परिचालन गरी रसुवागढी नाका जोड्ने सडक मर्मत सुरु गरिएको छ। सो सडक हिलाम्य भएको र खाल्डाखुल्डी परेपछि सवारी सञ्चालन गर्न कठिनाइ भएको भन्दै चौतर्फी दबाब सिर्जना भएकाले मर्मत सुरु गरिएको हो।

भोटेकोशीमा आएको बाढीले पुल बगायो

रसुवागढी नाका भएर बग्ने भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएको छ। रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने पुल बगाएको हो। अहिले यार्डसम्म पानी पुग्न लागेकाले त्यहाँको गाडी सार्न लागिएको छ।

सडकका कर्मचारी र प्रहरी परिचालन गरेर रसुवागढी नाका जोड्ने सडक मर्मत सुरु

सडकका कर्मचारी र प्रहरी टोली परिचालन गरेर सडक मर्मत सुरु गरिएको छ। नाका जोड्ने सडक हिलाम्य भएको र खाल्डाखुल्डी परेपछि सवारी सञ्चालन गर्न कठिनाइ भएको भन्दै चौतर्फी दबाब सिर्जना भएपछि सडक मर्मत काम सुरु गरिएको हो।

रसुवागढी नाका जाेड्ने सडककाे बजेट स्वीकृत

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रु सडकको स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ।

जोइन्ट कमान्डिङ सेन्टर स्थापना गर्न चिनियाँ चासाे

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा स्थापना हुन लागेको जोइन्ट कमान्डिङ सेन्टरको विषयमा चिनियाँ पक्षले चासो देखाएको छ। बुधबार चीनस्थित केरुङमा बसेको दुईपक्षीय ‘काउन्टर पार्ट’ बैठकमा सेन्टर स्थापनाका विषयमा चिनियाँ पक्षले चासो देखाएका हुन्। गत असारमा बसेको बैठकमा सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको थियो।

जोइन्ट कमान्डिङ सेन्टरबारे चिनियाँ चासो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा स्थापना हुन लागेको जोइन्ट कमान्डिङ सेन्टरको विषयमा चिनियाँ पक्षले चासो देखाएको छ।

सुक्खा बन्दरगाह निर्माण सेप्टेम्बरपछि

रसुवागढी नाकामा सुक्खा बन्दरगाहको निर्माण कार्य आगामी सेप्टेम्बरपछि मात्रै हुने भएको छ। गत वैशाखमा ठेक्का सम्झौता गरिएको भए पनि धेरै प्रक्रिया पार गर्नुपर्ने र वर्षाको समयमा फाउन्डेसन निर्माण गर्न कठिन हुने भएकाले निर्माण कार्य सुरु हुन नसकेको हो।

प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने

रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ। सामग्री आइसकेको र यसको प्राविधिक परीक्षणपछि इनस्टल गरिने रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।

रसुवागढी नाकाबाट स्याउ आयात घट्यो

रसुवागढी नाकाबाट अन्य सामग्रीको आयात बढे पनि स्याउ आयात भने घटेको छ। ओभरलोड बोक्न नपाइने व्यवस्था गरिएको र चाडपर्वको समयमा सडक अवरुद्ध भएका कारण स्याउ आयात घटेको रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

अविरल वर्षाका कारण आएको पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ। पासाङ ल्हामु मार्गको कालिकास्थान–धुन्चे सडक खण्डको मूलखर्क र स्याफ्रु–रसुवागढी सडक खण्डको लिङलिङमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो।

१० अर्ब ६० करोड राजस्व

रसुवागढी भन्सार कार्यालयले १० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष (आव) २०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो। यो वार्षिक लक्ष्यभन्दा १११.५३ प्रतिशत हो।

रसुवागढीमा आँखाले विषादी परीक्षण

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएको भन्दै सरकारको सर्वत्र आलोचना भएका बेला उत्तरी नाका रसुवागढी भएर आउने सामान भने आँखाले हेरेको भरमा छोड्नु परेको छ।

साढे चार वर्षमा ८९ हजार पर्यटक

चीनसँगको नाका रसुवागढी हुँदै नेपाल आउने पर्यटक बढेका छन्। रसुवागढी अध्यागमन कार्यालयका अनुसार साढे चार वर्षमा ८९ हजारभन्दा बढी पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्