८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रसुवागढीमा ३१ हजार पर्यटक भित्रिए

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सन् २०१९ मा ३१ हजारभन्दा बढी चिनियाँ तथा विदेशी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१९ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३१ हजार एक सय ३५ पर्यटक नेपाल भित्रिएका हुन्।

रसुवागढी नाकाबाट पहिलो दिन ९२ चिनियाँ पर्यटक भित्रिए

चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढीबाट भित्रने पर्यटकलाई स्वागत गरेर नेपाल भ्रमण वर्ष २०२० को सुरुवात गरिएको छ।

रसुवागढीको म्याद थपेको थप्यै

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुने म्याद फेरि धकेलिने भएको छ। सन् २०१४ मा निर्माण सुरु भएको यो आयोजनाको म्याद तेस्रोपटक थप्न लागिएको हो।

रसुवागढी नाकाबाट पर्यटक भित्रिने क्रम बढ्यो

रसुवागढी नाकाबाट चिनियाँ तथा विदेशी पर्यटक भित्रने क्रम बढेको छ। पछिल्लो ११ महिनामा नाकाबाट साढे ३० हजार पर्यटक नेपाल आएका छन्।

पाँच महिनामा सवा आठ लाख केजी प्याज आयात

रसुवागढी नाकाबाट प्याज आयात बढेको छ। भारतबाट प्याज आयात रोकिएपछि गएको असोजदेखि चीनबाट प्याज आयात सुरु भएको हो। यसअघि यो नाकाबाट थोरै परिमाणमा आउने गरेको भए पनि पछिल्लो समय प्याज आयात बढ्दै गएको रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।

४४ किशोरी फर्काइयो

रोजगारीको लागि चीनको केरुङ जान लागेका ४४ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काइदिएको छ। सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्म २० वर्ष उमेर नपुगेका ४४ किशोरीहरूलाई रसुवागढी नाकाबाट फिर्ता गरिएको बताइएको छ।

डिसेम्बरभित्रै दुई मुलुकबीच वार्ता

नेपाल–चीनबीचको अन्तरदेशीय रातामाटे–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको विषयमा चीन र नेपालबीच संयुक्त प्राविधिक बैठक हुने भएको छ। दुईपक्षीय बैठकमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने परामर्शदाता छान्ने सहमति जुट्ने सम्भावना छ। आयोजनाले यही महिनाभित्रै बैठक हुने भने पनि मिति खुलाउन चाहेन।

चार महिनामै ५९ प्रतिशत राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा नै वार्षिक लक्ष्यको करिब ५९ प्रतिशत राजस्व संकलन गरेको छ ।

रसुवागढीमा सुक्खा बन्दरगाह बन्दै

रसुवागढी नाकामा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको शिलान्यास गरिएको छ। रसुवाको टिमुरेमा बुधबार एक कार्यक्रम आयोजना गरी बन्दरगाहको शिलान्यास गरिएको हो।

लक्ष्यभन्दा ४७ प्रतिशत बढी राजस्व

कार्यालयले कात्तिक महिनामा ९३ करोड ५७ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा एक अर्ब ४७ करोड एक लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको हो। कार्यालयले चार महिनामा वार्षिक लक्ष्यको ५८.७९ प्रतिशत राजस्व संकलन गरिसकेको छ।

असोजमा लक्ष्यभन्दा कम राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। वर्षाका कारण सडक अवरुद्ध भएको, सामग्री आयात गर्ने समयमा कन्टेनरको अभाव र चीन भएको सार्वजनिक विदालगायत कारण कार्यालयले लक्ष्य भेटाउन नसकेको हो।

बेत्रावती–रसुवागढी सुरुङ निर्माण चुनौतीपूर्ण

बेत्रावती–रसुवागढी सुरुङ मार्ग निर्माण चुनौतीपूर्ण हुने देखिएको छ। २४ किलोमिटर सुरुङ मार्ग बनाउन कठिन हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।

एक वर्षमा सवा करोडको मुडा निर्यात

रसुवागढी नाकाबाट एक वर्षमा झण्डै सवा करोड मूल्यको ४९ हजारवटा बाँसको मुडा चीन निर्यात भएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाका अनुसार गएको वर्ष ४९ हजार चार सय ५१ वटा मुडा चीन निर्यात भएको हो।

चिनियाँ टोलीद्वारा स्तरोन्नति सुरु

३९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चिनियाँ टोलीले काम सुरु गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ। स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ। जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्नेछ।

रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा आगलागी

रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइडमा रहेको सिभिलतर्फको स्टोरमा आगलागी भएको छ । आगलागीले त्यहाँ करिब १ करोड रुपयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्