२३ आश्विन २०८१ बुधबार
image/svg+xml

महाभियोग समिति बनाउन सभामुखद्वारा छलफल सुरू

सभामुख ओनसरी घर्तीले महाभियोग समिति निर्माण गर्ने विषयमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदसँग छलफल थालेकी छन् ।

महाभियोग सम्बन्धी समिति गठन गर्न सभामुख सक्रिय

सभामुख ओनसरी घर्तीले सत्तारुढ र प्रतिपक्षी दलका सांसदसँग महाभियोग समितिलगायत अन्य समितिको निर्माण गर्ने विषयमा छलफल थालेकी छन्। नेपालको संविधानको धारा १०१ मा महाभियोग सम्बन्धी व्यवस्था छ।

पार्टी कार्यक्रममा उपसभामुख

उपसभामुख गंगाप्रसाद यादव बुधबार दिनभरजसो राजविराजमा राप्रपा नेपालले आयोजना गरेका कार्यक्रममा सामेल भए। पार्टीको कार्यक्रम व्यवस्थापनको जिम्मेवारीका साथै अध्यक्ष कमल थापाको स्वागत सत्कारलगायत गतिविधिमा समेत उनकै सक्रियता देखिन्थ्यो।

महिला उत्पिडनका बिरुद्ध हिजो बन्दुक उठाउन बाध्य भइयो : सभामुख घर्ती

सभामुख ओनसरी घर्तीले परम्परागत पितृसत्तात्मक सत्ताले महिला माथि ठूलो उत्पिडन गरेकाले हिजो बन्दुक बोक्न वाध्य भएको बताएकी छन्। मंगलबार राजधानीको पद्मकन्या क्याम्पसमा अखिल (क्रान्तिकारी) द्वारा आयोजित तीज विशेष कार्यक्रममा बोल्दै सभामुख घर्तीले भनिन्-" महिला उत्पिडनका विरुद्ध हिजो हामीले बन्दुक उठायौ,अब संविधान कार्यान्वयन गर्ने दायित्व नयाँ पुस्ताको हो।"

राजनीतिक दलहरु एकजुट हुनुपर्छः सभामुख घर्ती

तुलसीपुर (दाङ)– सभामुख ओनसरी घर्तीले संविधानको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन्।

संविधान संशोधनको विकल्प छैनः सभामुख घर्ती

–व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीमगरले संविधान संशोधनको विकल्प नभएको बताएकी छिन। आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखाले बिहीबार विहान सदरमुकाम लिबाङमा आयोजना गरेको १७ औं स्थापना दिवस, प्रभात फेरी तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै सभामुख घर्तीले यस्तो बताएकी हुन्।

गाउँ र नगरपालिका सीमाकंनमा सबैको भावना समेटिनु पर्छः सभामुख घर्ती

व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीमगरले गाउँपालिका र नगरपालिकाको सीमाकंनमा सबै नागरिकको भावना र विचार समेटिनु पर्ने बताएकी छिन । गाउँपालिका र नगरपालिकाको सीमाकंन प्राविधिक समितिले बुधबार विहान सदरमुकाम लिबाङमा आयोजना गरेको स्थानीय तहको छलफल कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै सभामुख घर्तीले यस्तो बताएकी हुन ।

लोकमानबारे सभामुखले संसद्मा बहस चलाउनुपर्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले डा. गोविन्द केसीले उठाएका मागलाई आधार मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितको विषयलाई छलफल गराउनुपर्ने भन्दै व्यवस्थापिका–संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

शीर्ष नेता र सभामुखबीच छलफल टुंगाेमा पुगेन, १ बजे फेरि बस्ने

सहमतिको अन्तिम प्रयास स्वरुप सभामुख ओनसरी घर्ती र प्रमुख तीन दलका शीर्ष नेताको बैठक निष्कर्षमा नपुगी स्थगित भएकाे छ। करिव डेढ घन्टा लामाे बैठकमा विभिन्न विकल्पमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकेकाे हाे। शीर्ष नेता र सभामुखबीच दिउँसाे १ बजे फेरि बैठक बस्ने सहमति भएकाे सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।

सभामुख दिनभर सक्रिय

परिवर्तित राजनीतिक परिस्थिति र व्यवस्थापिका संसद्को कार्यसूचीसम्बन्धमा दलहरूबीच बढ्दो तिक्तता अन्त्य गर्न सभामुख ओनसरी घर्तीमगरले सक्रियता बढाएकी छन्। संसद्को कार्यसूचीमा रहेका बजेटआश्रित विधेयकलाई स्थगित गर्दै सभामुख घर्तीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले सरकारविरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावमाथि छलफल गर्न मिति तोकेसँगै दलहरूबीच विवाद बढेको छ।

डा. केसीका माग पूरा गर्न सक्दो प्रयास गर्ने सभामुखको प्रतिबद्धता

सभामुख ओनसरी घर्तीले अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायत माग राख्दै ११ औं दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

सभामुख राजनीतिक भेटघाटमा व्यस्त

सभामुख ओनसरी घर्तीले राजनीतिक भेटघाटलाई तीब्रता दिएकी छन्। सभामुख घर्तीले बुधबार विहान कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्।

सकेसम्म सहमतिको सरकार बनाउन सभामुखको सुझाव

काठमाडौँ-सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बेलामा सरकार निर्माण गर्ने विषयमा दलहरु विभाजित हुनु देश र जनताका लागि दुर्भाग्य भएको बताएकी छन्।

प्रधानमन्त्रीले सभामुखलाई भने–विवाद हुने काम नगर्नुस्

सभामुख ओनसरी घर्तीको भूमिका निष्पक्ष नभएको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी ओलीले संसदीय मार्यादा अनुसार अगाडि बढ्न सभामुख घर्तीलाई सुझाव दिएका छन्। मंगलबार बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले कार्यसूचिमा चढाइसकेको आर्थिक विधेयकलाई हटाएर संसदमा दर्ता गरिएको अविश्वास प्रस्तावको प्रस्तावमाथि छलफल गर्ने गरी समय तोकेको भन्दै असन्तुष्टि जनाएका थिए।

कार्यसूचीबारे सभामुख कदम नयाँ होइन'

संसद्मा विचाराधीन विधेयक स्थगित गरी अविश्वास प्रस्तावमाथिको छलफललाई कार्यसूचीमा राख्ने सभामुख ओनसरी घर्तीमगरको निर्णय विगतका अभ्यासकै आधारमा भएको देखिन्छ। सत्ता गठबन्धनको आइतबार बसेको बैठकले सभामुखको कदम एकपक्षीय भएको आरोप लगाए पनि विगतकै अभ्यासलाई अनुशरण गरेको देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्