२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘माननीयहरुका बारेमा आएका समाचार लज्जाको विषय, कानूनमाथि कोही छैन’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तारुढ नेकपाले ययअघि सभामुख र उपसभामुख चयन गर्दा बहुमतको दम्भका अधारमा संविधान मिचेर चयन गरेकाले अब भने नेपाली काग्रेसले त्यस्तो प्रवृत्तिको सशक्त प्रतिवाद गर्ने बताए।

‘सर्वोच्चमा मुद्दा विचाराधिन छ, अहिलेनै सभामुखको निर्वाचन हुँदैन्’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताएका छन्।

निवर्तमान सभामुख महरालाई पुनः अदालत लगियाे

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः अदालत लगिएको छ। बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न यसअघि अदालतले दिएको म्याद सकिएपछि पुनः म्याद थपाउन अदालत लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले बताए।

सभामुख कांग्रेसले पाउनुपर्छः नेता बस्नेत

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।

नयाँ सभामुख चयन प्रक्रियामा अन्योल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नयाँ सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा रिक्त सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ। नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यसविषयमा छलफल भए पनि कसलाई उम्मेदवार बनाउने विषयमा कसैले प्रस्ताव गरेका छैनन्। तर, सभामुखको बनाउने विषयमा तत्कालीन एमाले र माओवादी तर्फका नेताबाट आ–आफ्नो तरिकाले पार्टी भित्र लबिङ सुरु गरेका छन्।

सभामुखलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले प्रहरी दिइन लिखित निवदेन

सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराबाट आफूमाथि दुर्व्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत एक महिलाले आफूमाथि कुनै दुर्व्यवहार नभएको प्रहरीलाई जानकारी गराइएकी छिन्।

सभामुखका कारण शिर निहुर्याउनु परेको छः नेता पाण्डे

राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख कृष्णबहादुर महराका कारण नेपालले विश्वसँग शिर निहुर्याउनु परेको बताएका छन्।

संविधानविद्हरुको दाबीः महरा सभामुखमा पुनर्वहाली हुने सम्भावना छैन

संविधानविद्हरुले निवर्तमान सभामुख कृष्णबहादुर महरा पुनर्वहाली हुने सम्भावना नरहेको बताएका छन्।

सभामुखको राजीनामाबारे संसदमा सूचना टाँसियो

सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएको सूचना संसदमा टाँसिएको छ। एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका थिए।

निर्मला प्रकरणमा चुकेको सरकारले महरालाई चोख्याउने प्रयास नगरोसः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन्। निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ।

बलात्कार आरोपः जसले सिध्यायो महराको चार दशक लामाे राजनीतिक इतिहास

बलात्कार आरोपमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा यसअघि पनि विभिन्न आरोपहरुमा मुछिने गरेका थिए। तर यसअघिका करिब आधा दर्जनभन्दा बढी आरोपमा मुछिएका महरालाई खासै असर गरेको थिएन्। तर सोमबार संसदकै एक महिला कर्मचारीले बलात्कार गरेको आरोप लगाएपछि महराले मंगलबार नै राजीनामा दिनुपर्यो।

यौन दुर्व्यवहारबारे प्रहरीले थाल्यो अनुसन्धान

सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। सोमबार एक महिलाले महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएकि थिइन्। आरोप पछि त्यसको खण्डन गरेका महराले आज मध्यान्ह छानविनलाई सहयोग गर्ने भन्दै राजीना दिइसकेका छन्।

यौन दुर्व्यवहारको आरोप पछि सभामुख महराले दिए राजीनामा

सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका हुन्।

नेकपाको सचिवालय बैठक सुरु, महरामाथि लागेको आरोपबारे छलफल हुँदै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुर्व्यबहारको आरोपबारे छलफल गर्ने बताइएको छ। सभामुख महरालाई दुर्व्यवहारको आरोप लागेपछि आकस्मिकरुपमा सचिवालयको बैठक बोलाइएको हो।

सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि राजीनामा गर्न सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्