२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नयाँ गाडी र भवन नलिने उपसभामुख तामाङ चर्चामा

वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले नयाँ गाडी, नयाँ निवास(स्वकीय सचिवालय)भवनको विनियोजित वजेट फिर्ता गर्ने जनमुखी निर्णय लिएसँगै चर्चामा छिन् । कोरोना भाइरस(कोभिड–१९)का रोकथाम र संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर सुविधा नलिने घोषणा गरेपछि सामाजिक संजालमा उनको धेरैले तारिफ गरिरहेका छन् ।

एमसिसीबारे नेकपाको निर्णय पर्खदै सभामुख

संघीय संसद प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी बारे संसदीय प्रक्रिया अघि बढ्ने बताएका छन्। सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरूबीच नै सहमति जुटिनसकेकाले एमसीसी संसदको विषय बन्न नसकेको बताएका हुन्।

सभामुख र भारतीय राजदूतबीच भेट

भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन्। नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन्।

उपसभामुखको निर्वाचन अन्योलमा

प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन्। गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रकृया चाँडै सुरु हुने विश्वास गरिए पनि अहिलेसम्म सभामुख चयनको विषयमा दलहरु मौन देखिएका हुन्।

मिडिया काउन्सिल विधेयकमा सरोकारवालाका माग सम्बोधन गर्न महासंघको आग्रह

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ।

उपसभामुख निर्वाचन लम्बिदै

प्रतिनिधि सभाको उपसभामुख पद माघ १२ गतेदेखि खाली छ। सभामुखको निर्वाचन भएलगत्तै खाली भएको उपसभामुख पदको निर्वाचन तत्कालै हुने सम्भावना छैन।

क्यानडाली सिनेट प्रमुखले सभामुखलाई भेटेनन्

सभामुख सापकोटालाई फौजदारी अपराधमा संलग्न भएको आरोप लागेका कारण फ्युरीले भेट नगरेको अनुमान राजनीतिक वृत्तमा गरिएको छ।

सभामुख र सांसदबीच दोहोरी

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बोल्न समय नदिएपछि सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूबीच दोहोरी चलेको छ।

गृहगाउँमा सहिद र आमा सम्झँदै भक्कानिए सभामुख

माओवादी ‘जनयुद्ध’ का सहिद र आमा सम्झिएर सभामुख अग्निप्रसाद सापकोटा गृहगाउँमा भक्कानिएका छन्। चौतारा–साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४३ औँ वार्षिकोत्सवमा शनिबार सहभागी भएका सापकोटा भावुक हुँदै भक्कानिन पुगे।

अग्निपरीक्षामा (अ)न्याय

‘द्वन्दकालीन मुद्दा एक–एक गरी तान्ने होइन, समग्रमा सम्बोधन गनुपर्छ’ भन्ने डा. बाबुराम भट्टराईको अभिव्यक्तिले पनि सबैले उन्मुक्ति पाउनुपर्छ भन्ने आशय रहेको बुझिन्छ, जुन सम्भव छैन। तर न्याय र लोकतन्त्रको लडाइँ जारी रहनेछ। जित सत्य र न्यायको हुनेछ।

डिल्लीबजार कारागारमा महराको दैनिकी

सञ्चारकर्मी वा कर्मचारीसँग त झन् उनी भेट्ने इच्छा नै राख्दैनन्। कारागार चलान भएलगत्तै उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेका थिए।

डबल स्ट्यान्डर्ड राख्दिन : सभामुख सापकोटा

सभामुख अग्नि प्रसाद सापकोटाले सदनलाई कसरी जीवन्त बनाउने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको बताएका छन्। बिहीबार संसदीय मामिलामा रिपोर्टीङ गर्ने पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले सदनमा जीवन्त छलफलको वातावरण निर्माण गर्ने बताए।

सभामुख सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार

सभामुख अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दामा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ज्यान मुद्दा लागेका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न भन्दै दायर गरेको रिटमा न्यायाधीश सपना मल्लको इजलासले यस्तो आदेश गरेको हो।

एउटा व्यक्तिको मुद्दा उचालेर कसैलाई फाइदा हुँदैन : डा. भट्टराई

समाजवादी पार्टीका सांसद डा.बाबुराम भट्टराईले विशिष्ट व्यक्तिहरुको मर्यादाक्रम नमिलेको तर्फ ध्यानाकर्षण गराएका छन्। संसद वैठकमा बोल्दै सभामुख, राष्ट्रपति र उपराष्ट्रपति पछिको वरियताक्रममा हुनुपर्नेमा त्यस्तो नभएकोप्रति उनले ध्यानाकर्षण गराएका हुन्। उनले भने, 'राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा आउनुपर्ने सभामुख हो। तर दुर्भाग्य हामीले अरुको देखासिकि गरेर कार्यकारणीलाई अगाडि राख्यौँ’।

देउवाले सभामुखलाई भने, 'विपक्षीलाई पनि विश्वासमा लिनुस'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुखको सफल कार्यकालको शुभकामना दिँदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्