हेर्दा हेर्दै टिमुरे बजार बाढीले लग्यो
बुधबार बिहान तिब्बती क्षेत्रको भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे बजारमा कुनै पनि संरचना बाँकी छैन। रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र ढुंगानाले यस्तो जानकारी गराएका हुन्।
बुधबार बिहान तिब्बती क्षेत्रको भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे बजारमा कुनै पनि संरचना बाँकी छैन। रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र ढुंगानाले यस्तो जानकारी गराएका हुन्।
प्रहरीले बाढीबाट भएको क्षतिबारे पुष्टि नभएका सूचना सेयर गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुनुका साथै वास्तविक उद्धार तथा राहत कार्यमा समेत बाधा पुग्न सक्ने बताएको छ।
भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन्। त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका संघीय सांसदसँग छलफल गरेका छन्।
चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै रहेको छ।
हिउँ पहिरोले ल्हेन्दे नदी थुनेर बाढी आएको प्रारम्भिक आकलन गरिएको छ।
उद्धार भएका मध्ये तीनैजनाको महाराजगञ्ज टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बिहान ९ः१५ बजेसम्म रसुवागढी गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी र स्याफ्रुबेसी प्रहरी चौकी प्रभावित भएका छन्।
प्रतिनिधि सभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ।
महाशाखाले दिउँसो १:३५ बजे एसएमएसमार्फत सूचना जारी गर्दै अर्को सूचना नआएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
रसुवाको भोटेकोशी नदीदेखि आएको बाढीका कारण रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा क्षेत्रमा रहेका अधिकांश जलविद्युत् आयोजना र त्रिशूली नदी आसपासमा रहेका घरहरू प्रभावित भएका छन्।
तिब्बततिरवाट आएको बाढीको कारण प्रभावित घाइतेको उपचारको लागि सरकारले राजधानी र स्थानीय दुवै अस्पतालहरुलाई तयारी अवस्थामा राखेको छ।
डब्ल्युएचओले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आवश्यक औषधि तथा स्वास्थ्य उपकरण पठाउने भएको छ।
सम्भावित विपद् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचइओसी) सक्रिय बनाएको छ।
रसुवामा आएको विनाशकारी बाढीपछि सशस्त्र प्रहरी बल, नेपालले उद्धार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि व्यापक रूपमा जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ।