१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नयाँ प्रधानमन्त्री बनेपछि पेट्रोल पाइपलाइनको शिलान्यास

नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल–भारत (रक्सौल–अमलेखगन्ज) पेट्रोल पाइप लाइन निर्माण सुरु गर्ने भएको छ । पाइपलाइनको लागि धमाधम पाइप नेपाल भित्रिइरहे पनि भारतले नयाँ सरकार बनेपछि पाइप लाइन निर्माण थाल्ने संकेत गरेको हो ।

प्रधानमन्त्री देउवाद्वारा शहिदप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री शेरबहादुर देउवाले शहिद पार्कमा पुगी शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहिद सप्ताह मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा लौनचौरमा रहेको शहिद पार्कमा पुगी ज्ञातअज्ञात शहिदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जली अर्पण गरेका हुन्।

बेलायतका प्रधानमन्त्री चीनको भ्रमणमा आउने

बेलायतका प्रधानन्त्री थेरेसा मेले चीनको भ्रमण गर्ने भएकी छन्। उनले आगामी जनवरी ३१ बाट फेब्रुअरी २ सम्म चीनको भ्रमण गर्ने तयारी भएको चिनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुङयीङले बिहीबार जानकारी दिएकी छन्।

प्रधानमन्त्री मोदी डाभोस जाँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार स्वीट्जरल्याण्डको डाभोस जाँदै छन् ।विश्व आर्थिक मञ्चको ४८ औँ बैठकमा सहभागिताका लागि माेदी सोमबार नयाँ दिल्लीबाट डाभाेस जान लागेका हुन् ।

न्युजिल्याण्डकी प्रधानमन्त्री गर्भवती भएपछि ६ हप्ता बिदामा

न्युजिल्याण्डकी प्रधानमन्त्री जकिन्डा अर्दर्नले शुक्रबार आफू गर्भवती भएको घोषणा गरेकी छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले आगामी जुन महिनामा पहिलो शिशुलाई जन्म दिनेछिन।

डोटीमा प्रधानमन्त्रीको पुतला दहन

प्रदेश नम्बर ७ को अस्थायी मूकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा टाँगेका छन्। पार्टीको झण्डा हटाएर कालोझण्डा हालिएको हो।

धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन, आमहड्ताल जारी

प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकिएपछि धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ। धनकुटाको जिरोप्वाईन्टमा आन्दोलनकारीले पुत्ला दहन गरेका हुन्। त्यस अवसरमा आन्दोलनकारीले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका थिए।

भवनसंहिता लागू गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले भवनसंहिता कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

भूकम्पीय जोखिमबाट बच्न भवनसंहिता पालना गरौँ : प्रधानमन्त्री देउवा

रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न आह्वान गरेका छन्। बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले मंगलबार वसन्तपुरमा आयोजना गरेको समारोहमा उनले विगतका भूकम्पका बेला कमजोर भौतिक संरचनाकै कारण क्षति भएकाले संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबैमा अनुरोध गरे।

विविधताबीचको एकता नेपाली संस्कृतिको परिचय हो – प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले सबै जातजाती, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको बताएका छन्। उनले भने, ‘संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै राज्य संयन्त्रमा सबैको पहुँचलाई सुनिश्चित गरेको छ, यो हामीले प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो।’

राष्ट्रपतिको जलपानमा प्रधानमन्त्रीदेखि कलाकारसम्म

राष्ट्रपति विद्यादेवी भण्डारीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना तथा जलपान कार्यक्रमको आयोजना गरेकी छन्। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा सोमबार आयोजित सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष लगायतको सहभागिता थियो।

इजरायली प्रधानमन्त्री भारतमा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु छ दिनको भारत भ्रमणकाे शिलशिलामा आइतबार नयाँ दिल्ली आइपुगेका छन् ।

कैलाली पुगेर देउवाको प्रश्न: प्रधानमन्त्री बन्ने मान्छे टुंगो नलाग्दै कसलाई सत्ता सुम्पिनु ?

रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त प्रधानमन्त्री बन्ने टुंगो लाग्ने बित्तिकै सत्ता हस्तान्तरण गर्न तयार भएको बताएका छन। प्रधानमन्त्री को बन्ने भन्ने टुंगो नै नलागेकाले कसलाई सत्ता हस्तान्तरण गर्ने उनको प्रश्न छ। आइतवार कैलालीको गोदावरी धाममा १२ राशी मकर मेलाको उदघाटन गर्दै देउवाले अर्थहिन र भ्रम फैलाउने उद्येश्यले आफुलाई सत्ता नछोडेको आरोप लगाएको बताएका छन्।

इजरायली प्रधानमन्त्री भारतमा, प्रोटोकल तोड्दै मोदीले गरे स्वागत

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल मिचेर नयाँदिल्लीस्थित इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्