राजनीतिक संक्रमणको समयमा वन अतिक्रमण तीव्र
राजनीतिमा चरम उतारचढाव भएका बेला पश्चिम तराईको कैलाली र कञ्चनपुरका वनक्षेत्रमा अतिक्रमण तीव्र हुने गरेको छ । २०६२/६३ को जनआन्दोलनका बेला राजनीतिक सरगर्मीले उचाइ लिइरहेको थियो । तर कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा अतिक्रमण बढ्यो । सो क्षेत्रमा तीव्र रुपमा संस्थागत तथा निजी रुपमा सडककिनारमा रहेको वन क्षेत्रमा अतिक्रमण बढ्यो ।