१९ वैशाख २०८१ बुधबार
image/svg+xml

किसानका नन्दलाल

गाउँमा एसएलसी गरेको मान्छे भेटिदैन थिए। एसएलसी गरेका मान्छेलाई सरकारले खोजी खोजी सिधै सरकारी जागिरे बनाइदिन्थ्यो, विसं २०२० को दशकमा।

एसईईमा देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यी हुन् हिरासत छल्न अस्पताल भर्ना हुने ‘भिआइपी’हरू

पक्राउ परेपछि यी व्यक्ति एकाएक बिरामी भए। र, अस्पताल भर्ना भए। थापालाई मुटुको समस्या र चौधरीलाई सुगर/प्रेसरको समस्या रहेको भन्दै उनीहरूलाई बसुन्धारास्थित चिरायु अस्पतालमा भर्ना गरिएको हो।

विपन्न गाउँमा मिर्गौला जोगाउनै मुस्किल

करिब अढाई दशकअघि काभे्रको होक्से गाउँमा मिर्गौला बिक्रीका लागि होडबाजी चलेको थियो। त्यहाँका स्थानीयले दलालमार्फत भारत गएर मिर्गौला बिक्री गर्थे।

‘नेपालको अनौपचारिक अर्थतन्त्र ४१ %’

नेपाल राष्ट्र बैंकको सहयोगमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय अर्थशास्त्र विभागले गरेको एक अध्ययनले यस्तो देखाएको हो। यसले नेपालको अर्थतन्त्र व्यवस्थित छैन भन्ने देखाउँछ।

अमेरिका जाने ‘तल्लो बाटो’

अमेरिका जाने ‘तल्लो बाटो’को यात्रा अवधिभर प्रायः घरपरिवारसँग टेलिफोन सम्पर्क हुँदैन। यस्तो अवस्थामा आफ्नो परिवारको सदस्य कहाँ पुगिरहेको छ, मर्‍यो कि बाँच्यो भन्नेसम्म पनि थाहा नहुने अवस्था रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीले बताए।

‘हरेक दिन मृत्युलाई जितेर बाँच्नुपर्छ’

पतिको उपचारका लागि भारत पुगेकी म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौंडाकी हीराकुमारी चोखाललाई नेपाली दलाल ग्याल्पा लामाले उपचारमा समेत केही आर्थिक सहयोग गर्दै जागिरको प्रलोभनमा कुबेत पठाए।

मानव बेचबिखनमा ग्रामीण भेगका युवती धेरै

मङ्सिर १० गते पक्राउ परेका पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको पङ्गेनीले जानकारी गराए।

नेपाल–भारत जमुनाहा नाका : गाडीको तीव्रगतिले ६ नेपालीको ज्यान गयो

शनिबार भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको गाडी पनि १० बजेअगावै सीमानाकामा पुग्न तीव्र गतिमा रहेकाले दुर्घटना हुँदा छ नेपालीको ज्यान गएको जनाइएको छ।

सिआइबी राडरका व्यापारी बेपत्ता

सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्दा सरकारी दस्तखत तथा कागजात किर्ते प्रकरणमा अनुसन्धान सुरु गरेको सिआइबीले ४०६ जनालाई पक्राउ गर्न अनुमति लिएको थियो। तीमध्ये २१ जना पक्राउ परेका छन्।

भ्रष्टाचारविरुद्ध भिडौं

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा मिलिजुली खाएको प्रकरणको खाता पुनः खुलेको छ। यसअघि निकै चर्चित यो मुद्दा २ वर्ष थाती राखेपछि प्रहरीले फेरि कारबाही अघि बढाएको हो।

पाँच नेपाली युवा मलेसियामा अलपत्र

वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिक १७ गते (सन् २०२२ नोभेम्बर ३) मा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यान पावर कम्पनीका एजेन्टहरुको लापरबाहीका कारण अलपत्र पर्नुपरेको आफ्नतहरुको गुनासो छ।

जब उनले कुवेतमा १० लाखमा बेचिएको थाहा पाइन्...

पीडित युवतीका अनुसार वैदेशिक रोजगारीका लागि कुवेत पुगेका कतिपय महिलालाई ४ देखि १२ लाखसम्म बेचिने गरेका छन्। जिउडाल मिलेका (हेर्दा आकर्षक र कम उमेरका) महिलालाई १० देखि १२ लाखमा र ठिकैलाई ४ देखि ५ लाखमा बेचिन्छ।

लोकतन्त्रमा धमिरा: दलाल नोकरशाही पुँजीवाद

राजनीतिभित्र विचारधारात्मक सोचलाई कुनामा थन्क्याएर दलाल नोकरशाही पुँजीवादीलाई अग्रस्थान दिलाउने दुष्कर्म आपसी मिलोमतोमा नेपालमा माधव नेपाल र खड्गप्रसाद ओलीले नै गरेका थिए।

नेपालदेखि कोरियासम्म –भिसा मिलाइदिने भन्दै ठगी

रोजगारीका लागि आकर्षक गन्तव्यमुलुक दक्षिण कोरियाको लागि भिसा मिलाइदिने भन्दै ठगीका घटनाहरू सार्वजनिक हुन् थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्