मोटरसाइकलमा सवार महिलाको दुर्घटनामा मृत्यु
दाङमा आइतबार सडक दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ । दाङ–सुर्खेत सडकखण्डको तुलसीपुर–८ दुधेनामा भएको दुर्घटनामा तुलसीपुर–८ की ३३ वर्षीय भिमा केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।