२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ठूलीभेरीमा जीप खस्यो, ३ को मृत्यु, ११ घाइते

आठविसकोट नगरपालिकाको छेपारेबाट चिसापानी जाँदै गरेको जीप ठूली भेरीमा खस्दा ३ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

नाइजेरियाको आत्मघाती बम आक्रमणमा पाँच सैनिकको मृत्यु

उत्तरपश्चिम नाइजेरियामा बोको हराम जिहादी सैनिकको एक जथालाई लक्ष्यगरी गरेको एक आत्मघाती आक्रमणमा कम्तीमा पाँच सैनिकको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका सुरक्षा स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

कोलोम्बियामा भवन भत्किँदा पाँचको मृत्यु

उत्तरी कोलोम्बियाको क्यार्टेगेना सहरमा निर्माधिन अवस्थामा रहेको एक भवन बिहीबार भत्किँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय समाचार समितिले जानकारी दिएको छ ।

दक्षिण कोरियामा एक नेपाली युवाको मृत्यु

दक्षिण कोरियाबाट घर फर्कन लागेका एक नेपाली सुतेकै ठाउँमा मृत फेला परेका छन् । वैसाख २९ गते स्वदेश फर्कन लागेका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका ३१ वर्षीय कल्याण राई सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

भीरबाट लडेर एकको मृत्यु

रैनादेवी छहरा गाउँपालिका–४ छहरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । साविक छहरा गाविसको मेहलढाप सुकदहका ६१ वर्षीय मानबहादुर सारुको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

गएराति स्वयम्भू नजिक ठाडो भर्याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको मृत्यु भएको छ ।

ढुंगेअड्डामा करेन्ट लागेर दुई जनाको मृत्यु

ढुंगेअड्डामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङगेअड्डास्थित रिजाक नेपाल संस्थाले बल्खु खोलाको पुल बनाउन लागि माटो परीक्षण गर्न मेशिनद्वारा फलामको पोल गाडेर माथि उठाउने क्रममा पोलले बिद्युतको तारमा छुँदा करेन्ट लागेर ढुङगेअड्‍डा बस्ने उक्त संस्थाका मुगु, नागरपुर–३ का २० बर्षीय नरजंग शाही र नारायण राउतको मृत्यु भएको हो।

रेडियो स्टेसन लक्षित आक्रमणमा ५० को मृत्यु

टर्कीका सेनाको सुरक्षा कारबाही तथा हवाई आक्रमणमा परी कुर्दिसमा मङ्गलबार कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

लेक लागेर वर्षेनी दुई पर्यटकको मृत्यु

हिमालपारिको जिल्ला मुस्ताङमा वर्षेनी दुईजना पर्यटकको लेक लागेर मृत्यु हुने गरेको छ । कागबेनीदेखि उपल्लो क्षेत्रमा पुग्ने पर्यटकको यसरी ज्यान गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

बस दुर्घटनामा ८ को मृत्यु ४० घाइते

पूर्वी भारतीय राज्य झारखण्डमा एउटा बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु हुनाका साथै अन्य ४० जना घाइते भएका भारतीय प्रहरी सूत्रले जानकारी दिएको छ ।  उक्त दुर्घटना झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीनजिकै पिथौरिया भन्ने ग्रामीण इलाकामा भएको छ।

आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

गएराती डुडुवागाउँपालिका १ बुडुवागाउँमा आगलागी हुँदा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय पवन मौर्य, १० वर्षीय सोनी मौर्य र ८ वर्षीया रझनी मौर्या रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

अमेरिकामा दुई नेपालीको मृत्यु

अमेरिकाको छुट्टाछुट्टै दुर्घटनामा दुई नेपाली युवाको मृत्यु भएको छ । गत साता क्यालिफोर्नियामा सडक दुर्घटनामा परी एक युवाको मृत्यु भएको चार दिन नबित्दै शनिबार मिनिसोटामा अर्का नेपाली विद्यार्थीको नदीमा डुबेर मृत्यु भएको छ ।

राउटे महिला डुग्री शाहीको मृत्यु

पाठेघर र निमोनियाले बस्तीमै थलिएकी राउटे महिलाको उपचार नपाएरै मृत्यु भएको छ। राउटे महामुखिया मैनबहादुर शाहीकी २५ वर्षीया छोरी डुग्री शाहीको शनिबार राती मृत्यु भएको हो।

जिप दुर्घटनामा एकको मृत्यु, दुई घाइते

रिब्दीकोट गाउँपालिका– ७ कातडी भन्ने स्थानमा आइतबार बिहान जिप दुर्घटना हुँदा त्यसका मालिक रिब्दीकोट गाउँपालिका– ७ पालुङका २४ वर्षीय दानबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्