२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नाइजेरियामा बस दुर्घटना,  कम्तीमा २६ को मृत्यु

नाइजेरियाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने लागोसदेखि इबाडानसम्मको राजमार्गमा शनिबार भएको दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

माइक्रोबसको ठक्करबाट एकको मृत्यु

कुरिनटारमा माइक्रोबसको ठक्करबाट आइतबार मोटरसाइकल चालक लमजुङका २८ वर्षीय विनोदकुमार गुरुङको मृत्यु भएको छ ।

बिजुलीबजारमा कार दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौंको बिजुलीबजारमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा धनुषा घर भइ हालः काठमाडौं शान्तिनगर बस्ने चन्द्र निरौला छन्। गम्भीर घाइते भएका निरौलाको उपचारको क्रममा एभरेष्ट अस्पताल बानेश्वरमा मृत्यु भएको हो।

भारतमा सवारी दुर्घटना, १४को मृत्यु

भारतको उत्तर प्रदेशमा शुक्रबार एउटा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने, अन्य २८ जना घाइते भएका छन् ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका–२ स्थित जनक चौकमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

कोइला खानी बिस्फोटमा कम्तीमा ३५ को मृत्यु

इरानको एक कोइला खानीभित्र अचानक बिस्फोटको घटना हुँदा त्यहाँ कार्यरत कामदारहरु मध्ये कम्तीमा ३५ जनाको मृत्यु भएको तीनवटा अर्ध सरकारी समाचार समितिहरुले जनाएका छन् ।

दुर्घटनामा परी ३० महिने बालकको मृत्यु

चाँगुनारायण नगरपालिका ३ झौखेलमा बुधबार घर अगाडि खेलिरहेको ३० महिने बालकलाई गाडीले ठक्कर दिंदा मृत्यु भएको छ। रामेछाप घर भई हाल झौखेल बस्ने बस्ने ३० महिनाको एनिक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका– १ डुम्रेमा हिजोराति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ।

भीरबाट लडेर युवतीको मृत्यु

ताप्लेजुङमा एक युवतीको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका ११ फावाखोला बस्ने १८ वर्षीया हिमा बिष्टको घरदेखि करिब एक किलोमिटर टाढा गौंथले भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो।

ट्रकको ठक्करबाट एककाे मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दुमा साेमबार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

आइएस विरुद्धकाे हवाई आक्रमणमा कम्तीमा ३५१ सर्वसाधारणको मृत्यु

इराक र सिरियामा इस्लामिक स्टेट (आइएस) लडाकूविरुद्ध जारी अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ३५२ सर्वसाधारणको मृत्यु भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार सो जानकारी दिएको छ ।

सवारी दुर्घटनामा एकको मृत्यु

इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा गएराति जन्तीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी तरहराले जानकारी दिएको छ ।

गैंडाको आक्रमणबाट एकको मृत्यु, एक घाइते

चितवनमा गैँडाको आक्रमणमा परी एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।शनिबार बिहान जिल्लाको छुट्टा छुट्टै स्थानमा आक्रमणको घटना भएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार भरतपुर महानगरपालिका वडा नं. २८ सालबासमा एकजना महिलाको मृत्यु भएको हो । त्यस्तै रत्ननगर–११ मा एकजनालाई गैंडाले अक्रमण गरेर घाइते बनाएको थियो ।

एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई क्षतिपूर्ति दिइने

भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले आठ वर्ष पछि क्षतिपूर्ति पाउने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्