७ वैशाख २०८१ शुक्रबार

नुवाकोटमा गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति

गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो।

बाटोले विकासको सम्भावना खुलेको छ: अर्थमन्त्री डा महत

बाटोले विकासको धेरै ठूलो सम्भावना खुलेको अर्थमन्त्री डा प्रकाशशरण महतले बताएका छन्।नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत् गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले भने, मध्य पहाडी लोक मार्ग पहिला यहाँबाट लैजाने योजना थिएन।

तारुकामा गोरुको घम्साघम्सी (फोटो फिचर)

माघे सङ्क्रान्तिको अवसरमा हरेक वर्ष जस्तै नुवाकोटको तारुकामा गोरु जुधाइ मेला भएको छ। माघे संक्रान्तिमा जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइएको थियो। तारुका गोरु जुधाउने चर्चित स्थानका रुपमा रहेको छ। यहाँ १७ हल गोरु जुधाइएको आयोजकले जनाएका छन्।

माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने

यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ। जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्