१६ आश्विन २०८१ बुधबार
image/svg+xml

डिपिआर बनाउन १ करोड

गण्डकी प्रदेशको बहु चर्चित योजनाका रूपमा रहेको हाई अल्टिच्युड खेल तालिम केन्द्र बनाउन जग्गाको निक्र्याेल गरिएको छ। प्रदेश सरकारले मुस्ताङ जिल्लामा हाई अल्टिच्युड तालिम केन्द्र बनाउने नीति तथा कार्यक्रममै पारित गर्दै अभियान पूरा गर्ने निष्कर्ष निकालेको छ।

स्क्वासको पूर्वाधारका लागि डेढ करोड प्रस्ताव

रातो घरबाट सुरु भएको स्क्वास खेलको दुई दशक बित्यो। पस्र्याङस्थित राम कोइरालाको निजी घरबाट सुरु भएको स्क्वासले दुई दशक फड्को मार्दा आम सर्वसाधारणको पहुँचभित्र बल्ल पुगेको छ।

प्रधानमन्त्री कप जेठ पहिलो साता

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठको पहिलो साता हुने भएको छ।

भलिबल प्रतियोगिता आयोजना गरिने

सदरमुकामको ठूलो टुँडिखेलमा डेढ लाख रुपैयाँ पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ।

पोखरेली खेलकुदका पायोनियर

‘भूपी शेरचनसँग एक दिन मात्र क्रिकेट खेल्ने अवसर पाए“,’ डा. वीरेन्द्रसिंह गुरुङ आफ्नो विगत सम्झन्छन्, ‘त्यसपछि खेल्ने अवसर नै भएन। एउटा ब्याट थियो। स्टम्प पनि एउटै। एक ठाउँमा गाडेर खेल्थें।

पारा तेक्वान्दोका प्रशिक्षक कविराज सम्मानित

राष्ट्रिय पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज नेगी लामा काठमाडौं खेलकुद समाजद्वारा सम्मानित भएका छन्।

चौथोपल्ट म्याद थपेपछि चौडा बन्दै

चारपल्ट म्याद थपेपछि मात्रै लगनखेलदेखि सातदोबाटो जोड्ने मुख्य सडक विस्तारले तीव्रता पाएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले सडक आसपासका स्थानीयलाई मुआब्जा दिएर सडक चौडा गरिरहेको छ।

सरस्वती क्लब फाइनलमा

सरस्वती युवा क्लब जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। चन्द्रागिरिस्थित नैकाप फुटबल मैदानमा बिहीबार ‘ए’ डिभिजनको चिरपरिचित प्रतिद्वन्द्वी जावलाखेलमाथि १–० को साँघुरो जित निकाल्दै जावलाखेल उपाधिनजिक पुगेको हो।

महिला क्रिकेट लिग फेरि सर्‍यो

एनसिएल स्पोर्ट्स प्रालिको आयोजनामा हुन लागेको महिला क्रिकेट लिगको मिति दोस्रो पटक पनि सरेको छ। पहिलो पटक फ्रेन्चाइज प्रणालीमा सञ्चालन गर्न लागिएको प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को आयोजनमा हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितासँग मिति जुधेपछि आयोजक एनसिएल स्पोर्ट्स प्रालिले प्रतियोगिताको मिति दोस्रो पटक फेरबदल गरेको हो।

गाउँनै पिच्छे खेल मैदान

खेल क्षेत्रको प्रवर्दन गर्न यहाँको एउटा गाउँपालिकाले गाउँ नै पिच्छे ठुला खेल मैदान बनाउने अभियान थालेको छ। जिल्लाको दक्षिणी तामाकोसी गाउँपालिकाले आफ्ना ७ वटै वडामा खेल मैदान निर्माण अभियान थालेको हो।

पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

डोल्पा प्रिमियर लिग हुने

खेलकुद गतिविधि प्राय कमै हुने हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा नयाँ वर्षको अवसरमा डोल्पा प्रिमियर लिग हुने भएको छ।

सावधानी र पुनर्निर्माणमा खेलाँची

२०७२ वैशाख १२ गते मुलुकमा भूकम्पले ठूलो क्षति पु¥यायो। नेपालका लागि यो स्मरणीय प्राकृतिक विपत्तिको घडी हो। मानवीय क्षतिका हिसाबले पनि यो ठूलो घटना हो। तर, थाहा नहुनेगरी जुनसुकै बेला पनि हुन सक्ने यस्ता आपत्विपद्बाट जोगिन गरिने तयारी भने न्यून छ। विनासकारी भूकम्पको चार–चार वर्ष बित्दा पनि सरकारले त्यतिबेला भएको क्षति फर्काउन अझै सकेको छैन।

करातेमा नेपाललाई २७ पदक

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा नेपाली खेलाडीले २७ पदक प्राप्त गरेका छन्। नेपाली टोली २० स्वर्ण, ६ रजत, १ कांस्य ल्याएर प्रतियोगिताको समूहविजेता बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्