२९ वैशाख २०८१ शनिबार
image/svg+xml

सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्ति जस्ता विकृतिहरुको अन्त्य गर्नुपर्छ: कमल थापा

'सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्ति जस्ता विकृतिहरुको अन्त्य गर्नुपर्छ, त्यसका लागि जनता पार्टीको सेवक होईन, स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्छ।'

राप्रपा नयाँ शक्तिका रुपमा विकास भएको छः लिङ्देन

अध्यक्ष लिङ्देनले अहिले सुस्ताएको राजनीतिमा फेरि नयाँ तरङ्ग सिर्जना गर्ने काम राप्रपाबाट भइराखेको जिकिर गरे।

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छः राप्रपा

‘राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दोस्रो चरणको आन्दोलन सुरु गरेको छ। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाइमा सरकारले गरेको महँगीको विरुद्धमा हामी सरकारलाई ध्यानाकर्षण गराउनको लागि थाल ठटाएर सडकमा आएका छौँ।'

समानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीः राप्रपा

‘भ्रष्टाचार र अस्थिरता अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक छ,’ बैठकमा प्रतिवेदन पेस गर्दै अध्यक्ष लिङ्देनले भने, ‘हाल कायम संरचनागत कमीकमजोरी र असफलतालाई सम्बोधन गर्न, विश्वव्यापी अनुभव, सफलतम प्रजातान्त्रिक अभ्यास र नेपाली आवश्यकताका आधारमा, संविधानले दिएको अधिकारको प्रयोगमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको खारेजी आवश्यक छ। प्रजातन्त्रको रक्षा, भ्रष्टाचार अन्त्य र देशमा स्थिरता कायम गर्न संविधानमा पनि परिवर्तन अपरिहार्य छ।’

राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बन्योः अध्यक्ष लिङदेन

'नेपाल शक्तिराष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धाको थलो बनेको छ। यस्तो परिस्थितिमा नेपालमाथि अर्को संकट आइलाग्नसक्ने खतरा बढ्दो छ। राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको छ। सत्तासीन दलहरु कानमा तेल हालेर बसेका छन्। कुर्सी जोगाउने र सत्तामा टिकिरहने अंक गणित बाहेक अन्य केही छैन।’

राप्रपामा थपिए ४९ केन्द्रीय सदस्य, पुराना नेता पनि फर्किए

राप्रपा छोडेर गएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङसमेत राप्रपा केन्द्रीय सदस्य भएका छन्। पौडेल राप्रपा नेपालमा उपाध्यक्ष र गुरुङ कोषाध्यक्ष थिए।

निःशुल्क शिक्षासँगै विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग

‘विद्यार्थी भर्ना भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक र पाठ्य सामाग्री नपाउनु चिन्ताको विषय हो, सरकारको गैरजिम्मेवारीको पराकाष्ठा हो। यसै सन्दर्भमा शैक्षिक क्षेत्रको समग्र सुधार र विकासका लागि हामीले सरकारको ध्यानाकर्षण गराएका हौं,’

राप्रपा खोटाङका पूर्व अध्यक्ष श्रेष्ठको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको दुर्घटनाको कारण मृत्यु भएको छ।

कम्युनिष्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ: राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बल्लिन पुगेको बताएका छन्।

राप्रपा केन्द्रीय सदस्यमा रेखा थापासहित १४ जना मनोनीत (नामावलीसहित)

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रधानन्यायाधीश राणाको पक्षमा राप्रपा

मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै सो प्रस्तावको पक्षमा उभिन नसक्ने प्रष्टयाएको हो।

राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा : लिङदेन

अध्यक्ष लिङदेनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढी देशभक्त हुन्छन भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरेको पनि बताए।

गायक श्रेष्ठ राप्रपामा प्रवेश

विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा गायक श्रेष्ठ तत्कालीन राप्रपा नेपालबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ बाट उम्मेदवार थिए।

निर्वाचनको परिणाम स्विकार गरेर अघि बढौं: राणा

पार्टीको एकता महाधिवेशनमा निर्वाचनद्वारा नेतृत्व चयन भएको उल्लेख गर्दै उनले सो परिणामलाई स्विकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढनुपर्ने बताएका हुन्।

काँग्रेस र एमालेलाई जोडेर राप्रपालाई मुलुकको अग्रणी पार्टी बनाउने : लिङदेन

नवनिर्वाचित अध्यक्ष लिङदेनले काँग्रेस र एमालेलाई पनि जोडेर आफूहरुले राप्रपालाई मुलुकको अग्रणी पार्टीको रुपमा अघि बढाउने बताए। उनले अव पार्टी भित्र कुनै पनि गुट नभएको दावी समेत गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्