८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचनको परिणाम स्विकार गरेर अघि बढौं: राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले निर्वाचनको परिणाम स्विकार गरेर अघि बढन पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।

पार्टीको एकता महाधिवेशनमा निर्वाचनद्वारा नेतृत्व चयन भएको उल्लेख गर्दै उनले सो परिणामलाई स्विकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढनुपर्ने बताएका हुन्।

आइतबार काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय समितिको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले निर्वाचनको परिणाम स्विकार गरेर अघि बढन आफू तयार रहेको पनि बताए। निवर्तमान अध्यक्ष राणाले राजसंस्था र हिन्दु राज्यको स्थापना गर्ने पार्टीको लक्ष्य प्राप्तीका लागि सशक्त ढंगले अघि बढन पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिए।  

प्रकाशित: १९ मंसिर २०७८ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App