१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेस र एमालेलाई जोडेर राप्रपालाई मुलुकको अग्रणी पार्टी बनाउने : लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीलाई मुलुकको बलियो शक्तिको रुपमा स्थापित गराउने बताएका छन्। 

आइतबार काठमाडौंमा सपथ ग्रहण गर्दै उनले दुई पटक मृत्युको मुखमा पुगेर पनि बाँचेको आफूले नेताको सम्मान र कार्यकर्ताहरुको भावनामाथि चोट नपुर्याई आफ्नो पार्टीलाई बलियो बनाउने बताए।

नवनिर्वाचित अध्यक्ष लिङदेनले अनुभवी नेताहरुको साथ लिएर पार्टीमा गल्ती नगर्ने बताए। नवनिर्वाचित अध्यक्ष लिङदेनले काँग्रेस र एमालेलाई पनि जोडेर आफूहरुले राप्रपालाई मुलुकको अग्रणी पार्टीको रुपमा अघि बढाउने बताए। उनले अव पार्टी भित्र कुनै पनि गुट नभएको दावी समेत गरे।

प्रकाशित: १९ मंसिर २०७८ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App