१० आश्विन २०८० बुधबार

राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ।

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। भोलि साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ। आज बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको संघीय संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालय अन्योलमा: अब बस्ने अधिवेशन बाह्रौं कि पहिलो?

‘निरन्तरता दिने हो भने यसअघिको अधिवेशन ११औं भएकाले अबको अधिवेशन १२औं हुन जान्छ। तर यसबारे राजनीतिक निर्णय नै गर्नुपर्ने आवश्यकता देखिएकाले संसद् सचिवालयले दलहरूसँग छलफल गर्ने भएको छ,’ स्रोतले भन्यो।

संसद् सचिवालय शपथको गृह कार्यमा

ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ।

एमसिसीमा देउवाको दर्बिलो अडान

तीन महिनाअघि एमसिसीका पक्षमा बोल्दा आफू त्रसित भए पनि अहिले परिस्थिति फेरिएको उनले बताए। एमसिसीका पक्षमा देउवा र कांग्रेसको अडानले देशको डुब्न लागेको साख जोगिएको पण्डितको तर्क छ। ‘अन्तर्राष्ट्रिय मञ्चमा हामी डुब्नै लागिसकेका थियौं।

प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी संसद्को कार्यसूचीमा

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको संसद्को कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता लगायत विषयलाई समावेश गरिएको छ।

प्रधानन्यायाधीशविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरूले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।

प्रतिनिधिसभा बैठक फागुन २ गते

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ।

गठबन्धनमा एमसिसी अल्झनः सहमति नहुँदा संसद् स्थगित

पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको हो। प्रतिनिधिसभाको आइतबार १ बजेका लागि बोलाइएको बैठक स्थगितको सूचना जारी गर्न शनिबार राति कार्यव्यवस्था परामर्श समिति सम्बद्ध कर्मचारीलाई आदेश भएको थियो।

सांसदको भूमिका आफ्नै क्षेत्रमा सीमित

संसद् अवरुद्ध हुँदा संसद्लाई जिवन्त र परिणाममुखी बनाउनुपर्ने सभामुख अग्नि सापकोटा बताइरहन्छन्। तर, जीवन्त र परिणममुखी कसरी हुन्छ भन्ने विषय संसद् अवरुद्ध नभएको अवस्थामा पनि छलफल गर्नुपर्ने विषय हो। संसद्को बैठक अवरुद्ध नभएर मात्र संसद् जीवन्त हुन सक्दैन र परिणाम पनि दिन सक्दैन।

अन्योलमा कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था बोलाउने विषयमा निर्णय गरिसकेका छैनन्। तर, राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक भने २८ गते २ बजे बोलाइएको संसद् बैठक बस्नु केही घन्टा अघि बस्ने भएको छ। संसद्को बैठकमा आफूविरुद्ध नै नाराबाजी हुने अवस्थाका कारण सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने विषयमा खासै चासो नदेखाएको स्रोतले बतायो।

संसद्‌मा घम्साघम्सी

एमाले सांसदले दोस्रो दिन पनि सदनमा नाराबाजी र जोरजुलुम गर्दा मर्यादापालकको सहयोगमा बैठक चलाउनुपर्‍यो। संसद्को अधिवेशन सुरु भएको पहिलो दिन बुधबार पनि एमाले सांसदले नाराबाजी गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्