२० वैशाख २०८१ बिहीबार
image/svg+xml

लयमा फर्किंदै हिमपहिरोले असन्तुलित वीरेन्द्र ताल

मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ ।

विज्ञ भन्छन्: वीरेन्द्रताल छचल्किदा बुढीगण्डकी नदीको बहाव ६० सेन्टिमिटर बढ्यो

वीरेन्द्रताल भन्दा करिब २२ किलोमिटर तल बुढीगण्डकीको ढाप र अझै तलको जगतमा राखिएको स्वचालित जल सतह मापन केन्द्रले आइतबार पानीको सतह करिब ६० सेन्टिमिटर बढेको देखाएको थियो।

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै

बुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन्।

लगानी मोडालिटी अझै टुंगिएन, नौ वर्षदेखि जनतालाई करको भार

सरकारले प्रस्तावित बुढीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजनाको अहिलेसम्म लगानी जुटाउन सकेको छैन।

बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै

एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ।

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा सरकारको दोधारे नीति

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन कहिले पूर्वाधार कर त कहिले इन्धन करका नाममा मनपरी असुल्दै आइरहेको छ।

इन्धन करमध्ये ५ रुपैयाँ बुढीगण्डकी आयोजनालाई

सरकारले बुढी गण्डकी आयोजना निर्माणका लागि इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ छुट्याउने निर्णय गरेको छ।

बुढीगण्डकी बहुउद्देश्यीय आयोजना: औचित्य र सम्भावना

सरकारले बुढीगण्डकी जलाशयलाई विद्युत्को पक्षमा मात्र सीमित रहेर खाद्य, जल आपूर्ति, भूजल भण्डारण एवम् चुरिया क्षेत्रका नदीहरूको पुनर्स्थापना लगायतका पक्षमा आँखा चिम्लन पटक्कै मिल्दैन। दुर्भाग्यवश त्यस्तो हुन गएमा सो जलाशयले दुर्लभ पानीलाई सित्तैमा भारतको उत्तर प्रदेश र विहारमा पठाउनेछ ।

लगानी ढाँचा र स्रोतबिनै तामझामसहित कार्यालय उद्घाटन

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको मोडल र वित्तीय व्यवस्थापन बिनै तामझामसहित प्रधानमन्त्रीमन्त्री पुष्पकमल दाहालले कम्पनीको फिल्ड कार्यालय उद्घाटन गरेका छन्।

विद्युत खरिद बिक्री सम्बन्धी सम्झौता सम्पन्न

बुढीगण्डकी हाईड्रोपावरद्वारा प्रवद्र्धन गर्न लागिएको सुपर माछाखोला जलविद्युत् आयोजना ४.६ मेगावाट र नेपाल विद्युत् प्राधिकरण बीच विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता भएको छ।

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न कम्पनी दर्ता

सरकारले १२ सय मेगावाटको जलायशयुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न बुढीगण्डकी जलविद्युत् पब्लिक लिमिटेड कम्पनी दर्ता गरेको छ।

स्वदेशी लगानी र कम्पनी मोडलमा बुढीगण्डकी

सरकारले लामो अलमलपछि १२ सय मेगावाट क्षमताको जलायशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानी र कम्पनी मोडलमा निर्माण गर्ने भएको छ।

बुढीगण्डकी पब्लिक कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि पब्लिक कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेकी छन्।

बुढीगण्डकी निर्माण अब कम्पनी मोडलमा

लामो समयदेखि विभिन्न बहानामा अलपत्र पर्दै आएको बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्