६ आश्विन २०८१ आइतबार
image/svg+xml

संसद विघटनको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन, कृष्ण पहाडीसहित अधिकारकर्मी पक्राउ

संसद विघटनको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेको कृष्ण पहाडीसहितका अधिकारकर्मी पक्राउ परेका छन्।

संसद पुनर्स्थापनाको माग गर्दै सांसदहरु सर्वोच्चमा

संसद पुनर्स्थापनाको माग गर्दै नेकपाका असन्तुष्ट सांसदहरु सर्वोच्च अदालत जान लागेका छन्। प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तवरबाट संसद विघटन गरेकोप्रति आक्रोशित बनेको नेपाल–दाहाल पक्षका सांसद अदालत जान लागेका हुन्।

मन भारी बनाएर संसद विघटन गरेँ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकटका नेकपा सांसदहरुलाई मन भारी बनाएर संसद विघटनको कदम चालेको बताएका छन्। उनले आफुँसँग यो बाहेक अर्को विकल्प नभएको बालुवाटार भेलामा सांसदहरुलाई बताएका थिए। 'पार्टी एकता कामय राख्न विभिन्न अवरोध खडा गरियो', उनले भने, 'साथीहरुले विभिन्न लान्छना लगाउनु भयो। सचिवालयमा विधि भन्दा व्यक्तिबारे छलफल गर्नु पर्यो। स्थायी कमिटीमा पनि त्यस्तै भयो।'

बादल निकट नेताले भने : ओलीको पक्षमा उभिने हो भने साथ दिन सक्दैनौ

गृहमन्त्री रामबहादुर थापा (बादल) प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि उनी निकट नेताहरुले असन्तुष्टि जनाएका छन्।

कुनै व्यक्तिको एकता विरोधी गतिविधिले पार्टी विभाजन हुँदैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजन नहुने बताएका छन्। सोमबार एक विज्ञप्तिमार्फत अध्यक्ष दाहालले ‘कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने’ बताएका हुन्।

पोखरामा कांग्रेसको प्रदर्शन तयारी

ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक पद्दतीका विरुद्ध कास्की कांग्रेसले पोखरामा प्रदर्शन गर्न लागेको हो ।

एकता जोगाउने सूत्र कामयावी भएनन् : विष्णु पौडेल (अन्तर्वार्ता)

आज पनि हामी आशावादी छौँ। सास रहेसम्म आस हुन्छ भन्ने नेपाली लोकोक्ति छ। त्यस्तै औपचारिक ढंगले पार्टी विभाजन हुनुभन्दा अघि हामीले एकता जोगाउनका निम्ति अधिकतम कोसिस गर्नुपर्छ। म आफँै पनि र पार्टीका अरू साथीहरू, बहुसंख्यक नेताहरू, बहुसंख्यक कार्यकर्ताहरू पार्टीको एकता सुदृढ रहोस् भन्ने चाहिरहेका छन्। त्यो चाहनालाई प्रतिनिधित्व गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनका निम्ति, अग्रगामी परिवर्तनका निम्ति, संवैधानिक यात्रालाई सुनिश्चित गर्नका लागि नेकपाको एकता सुरक्षित र सुनिश्चित रहनुपर्छ भन्ने ठम्याइ हो।

बालुवाटारमा आफु निकट सांसदसँग ओलीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकटका नेकपा सांसदहरुसँग छलफल गरेका छन्। बालुवाटारमा आयोजित छलफलमा उद्योगमन्त्री लेखराज भट्ट पनि सहभागि छन्।

संसद विघटन हुनु अघिनै प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव

प्रतिनिधिसभा विघटन गर्नुअघिनै प्रधानमन्त्री केपी ओलीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ। आइतबार बिहानको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेका थिए।

केपी ओलीलाई कारवाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ।

बालुवाटार बोलाएर सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापासहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रमुख शैलेस थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी बालुवाटार पुगेका थिए।

राष्ट्रपति प्रधानमन्त्रीको अपराधको साक्षी मात्र होइन साझेदार : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीको अहंकारले आजको अवस्था आएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आयोजित विरोध सभामा बोल्दै थापाले प्रधानमन्त्रीले लोकतन्त्रको तालाचाबी नै फोडेको बताए।

'ओलीको पाराले, दु:ख पाए साराले'

संसद विघटनको विरोधमा विवेकशील साझा पार्टीले बालुवाटारमा प्रदर्शन गरेको छ। विवेकशील साझाका कार्यकर्ताले आइतबार सरकार विरोधी नारा लगाउँदै बालुवाटारमा प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्रीको कदम गलत भएको भन्दै ७ मन्त्रीद्वारा राजीनामा

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम पछि ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

बामदेव गौतमले भने : प्रधानमन्त्रीको कदम भर्त्सना योग्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्