१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

हाइटीका पूर्वराष्ट्रपति प्रेभलको निधन

हाइटीका पूर्वराष्ट्रपति रेने प्रेभलको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ। गरिबका अगुवाका रुपमा चिनिएका भएका प्रेभलले हाइटीको नेताका रुपमा दुई कार्यकाल सेवा गरेका थिए।

राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय वित्तमन्त्री जेट्लीको भेट

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल भ्रमणमा रहेको भारतीय वित्तमन्त्री अरुण जेट्लीले छुट्टाछुट्टै भेट गरेका छन्। दोस्रो पटक नेपालले बिहीबारदेखि काठमाडौंमा आयोजनाको गरेको नेपाल लगानी सम्मेलनको निम्तो मान्न बिहीबार अपरान्ह नेपाल आएका वित्तमन्त्री जेट्लीले साँझ शितल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।

भारतका वित्तमन्त्री जेट्ली काठमाडाैंमा, राष्ट्रपति र प्रधानमन्त्रीलार्इ अाजै भेट्ने

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको मैत्रीपूर्ण निमन्त्रणामा भारतका वित्तमन्त्री अरुणकुमार जेट्ली नेपालको दुईदिने औपचारिक भ्रमणमा बिहीबार अपराह्न नेपाल अाइपुगेका छन्।

लगातार बान्ता भएपछि उपराष्ट्रपति पुन अस्पताल भर्ना

उपराष्ट्रपति नन्दबहादुर पुन स्वास्थमा समस्या आएपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका छन्। लगातार बान्ता भएपछि आइतबार राती उनलाई अस्पताल भर्ना गरिएको थियो।

हजारौं प्रदर्शनकारीले भने:ट्रम्प मेरो राष्ट्रपति होइन

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने दशौं हजार प्रदर्शनकारीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको भन्दै विरोध जनाएका छन्।

राष्ट्रपति ट्रम्पले दिए स्वीडेनलाई जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीडेन बारे दिएको अभिव्यतिबारे ह्वाइट हाउसले सफाई दिनु परेको छ। आन्तरिक द्वन्द्व लगायतका कारणले विस्थापित भएका शरणार्थीहरुलाई स्वीडेनले शरण दिएको भनी राष्ट्रपति ट्रम्पले खिल्ली उडाएको भन्दै स्वीडेनले आपत्ति जनाएपछि अमेरिकी राष्ट्रपतिको कार्यालयले सफाई दिएको बीबीसीमा उल्लेख छ।

निर्वाचनमा जुट्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था अनुसार आवद्यिक निर्वाचनमार्फत नागरिक अधिकारको सम्मान गर्न आग्रह गरेकी छिन्। प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले निर्वाचनमा जुट्न दलहरूलाई आग्रह गरेकी हुन्।

चुनावमा अविलम्ब जुट्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाअनुसार तीनै तहको निर्वाचन गरेर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन प्रमुख राजनीतिक दलका नेताहरूलाई आग्रह गरेकी छन्।

राष्ट्रपतिले नेताहरुलाई भनिन्– ‘ढिलो नगर्नुस्, चुनाव गर्नुस्’

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाअनुसार तीनै तहको निर्वाचन गरेर मुलुकलाई आर्थिक संमृद्धिको बाटोमा अघि बढाउन प्रमुख राजनीतिक दलका नेताहरुलाई आग्रह गरेकी छिन्।

ट्रम्पले लेखे चिनिया राष्ट्रपतिलाई पत्र, अब दुई देशबीचको सम्बन्ध सुध्रिएला?

अमेरिका र चीन बीच पछिल्लो समय बिग्रिएको सम्बन्ध सुधारको प्रयास भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनियाँ राष्ट्रपति सि जिङपिङसँग राष्ट्रपति भएपछि पहिलोचोटी सम्बन्ध सुधारको प्रयासस्वरुप औपचारिक रुपमा पत्र लेखेका छन्।

ट्रम्पको प्रतिबन्धबारे अदालतमा सुनुवाई, राष्ट्रपतिको निर्णय सर्वोच्च रहेको जिकिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध अस्थायी स्थगन गर्न दिएको आदेशकाविरुद्ध ट्रम्प प्रशासनले गरेको पुनरावेदनको सुनुवाई मंगलबार सान फ्रान्सिस्को राज्यको एक अदालतमा भएको छ।

राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता विद्यालयलाई

नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनता माध्यामिक विद्यालयले प्राप्त गरेको छ। तीन सय २० मेडलका लागि खेलमा ७१ विद्यालयलाई पछाडि पार्दै जनता विद्यालयले उपाधि हात पारेको हो।

पुनर्निर्माण छिटो सक्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण प्रक्रिया छिटो सम्पन्न गर्न आग्रह गरेकी छन्। बेसीसहर नगरपालिका १३ मकैडाँडा सारिङस्थित गंगामिलन माविको शनिबार स्वर्णजयन्ती समारोहमा सम्बोधन गर्दै उनले भूकम्पपीडित अस्थायी टहरामा कष्टकर जीवन बिताइरहेकाले यथाशीघ्र पुनर्निर्माण सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन्।

राष्ट्रपति भण्डारीले दिइन् भूकम्प पीडितलाई सान्त्वना

राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवर्ष अघिको विनाशकारी भूकम्पले निम्त्याएको भौतिक तथा मानवीय क्षतिको अवस्था स्मरण गर्दै यहाँका भूकम्प पीडितलाई सान्त्वना दिईन्।

राष्ट्रपति ट्रम्पलाई ह्याकरको धम्की

आइएसआईविरुदद्धको साइबर युद्धमा ५ सय अकाउन्ट ह्याक गरेका एक ह्याकरले अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पलाई आफ्नो ट्विटर अकाउन्ट सुरक्षित पार्न चेतावनी दिएका छन्। वाचुला घोस्ट नाम गरेका ती ह्याकरले ट्रम्पलाई आफ्नो ट्विटर अकाउन्टको सेक्युरेटी सेटिङ परिवर्तन गर्न पनि सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्