राष्ट्रपति भण्डारी अामा भेट्न वृद्धाश्रममा
राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेलाई बुधबार सुनसरी बराहक्षेत्रस्थित चतरा आश्रममा भेट गरेकी छन्। भण्डारी बराहक्षेत्रसँगै चतराको भ्रमणमा आएको बेला आमासँग भेट गरेकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेलाई बुधबार सुनसरी बराहक्षेत्रस्थित चतरा आश्रममा भेट गरेकी छन्। भण्डारी बराहक्षेत्रसँगै चतराको भ्रमणमा आएको बेला आमासँग भेट गरेकी हुन्।
कोसी पूर्वको बस्तीका थुप्रै परिवार मुआब्जा होस् वा क्षतीपुर्तिको प्रतिक्षामा छन्। तिनै कोसी पीडितको समस्या समाधान गर्नका निम्ति राष्ट्रपति विद्यादेवी भण्डारीले सम्वन्धित निकायको ध्यानाकर्षण गराउने बचन दिएकी छन्।
निर्वाचन आयोगले निर्वाचनको लागि सहज राजनीतिक वातावरण बन्दै गएको बताएको छ। शुक्रबार राष्ट्रपति विद्या भण्डारीलाई भेट्न पुगेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगको टोलीले निर्वाचन तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको थियो।
दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुयन हेई भ्रष्टाचारको आरोपमा पक्राउ परेकी छिन् । उनलाई सरकारमा रहेको समयमा आफ्ना सहयोगीसँग मिलेर ठूलो रकम भ्रष्टाचार गरेको आरोप लागेको छ । र सो विषयमा छानविन गर्नका लागि उनलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ नगरेसम्म सत्य तथ्य प्रमाण भेटिन नसकिने कारण देखाइ पक्राउ गरिएको हो ।
'शान्ती, समृद्धि तथा स्वच्छ वातावरणको लागि पुष्प व्यवसाय' भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ बिहीबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा हुने चारदिने मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रसियालीसँगको सम्बन्धका कारण राष्ट्रपति पदबाट हट्न सक्ने सम्भावना बढेको छ । नेशनल सेक्युरिटी एजेन्सीका अनुसार उनी विरुद्ध रसियाली समर्थन गरेका भन्ने मुद्दा चलेकोले उनी राष्ट्रपति पदबाट हट्नसक्ने सम्भावना बढेको हो । उनलाई राष्ट्रपति निर्वाचनको समयमा रसियासँग मिलेको भन्ने आरोप समेत लागेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटन टाइम्स्का पत्रकारलाई म राष्ट्रपति हुँ तिमी होइन भन्दै आक्रोश व्यक्त गरेका छन् ।
चीनका राष्ट्रपति सि जिनपिङसँग अमेरिकाका विदेश मन्त्री रेक्स टिलर्सनले आइतबार चीनमा भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण राजधानी बेइजिङबाट सुरु हुने भएको छ। चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ताका लागि समय मिलेपछि उनको भ्रमण बेइजिङबाट सुरु हुने भएको हो। भ्रमणका बेला चिनियाँ प्रधानमन्त्री ली खस्याङसँग उनले वार्ता गर्नेछन्। उनको चीन भ्रमण एक साताको हुने 'लगभग तय भएको' परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटेले यही मार्च २० देखि २२ तारिख सम्म थाइल्याण्डको औपचारिक भ्रमण गर्ने भएका छन्
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव अजमद हुसेन बी सियालले शिष्टाचार भेट गरेका छन्। आज अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग सार्कका नवनियुक्त महासचिवले शिष्टाचार भेट वार्ता गरेका हुन्।
संसदको महाअभियोग अदालतले समेत सदर गरेपछि दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हेल राष्ट्रपति भवनबाट बाहिरिएकी छन्। उनी उनकी साथीसँग एक भ्रष्टाचारको काण्डमा सहभागी भएकी भन्दै उनलाई महाअभियोग लगाइएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ सरकार तथा राज्यप्रमुख महिलाको सूचिमा परेकी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था आजान्स फ्रान्स प्रेस (एएफपी) ले महिला दिवसको अवसरमा सार्वजनिक गरेको ग्राफमा जर्मन चान्सलर एङ्गेला मार्केल, वेलायती प्रधानमन्त्री तेरेसा मे, नर्वेकी प्रधानमन्त्री इर्ना सेल्बर्गसँगै उनको नाम छ।
उद्योगपति विनोद चौधरीको व्यावसायिक संस्था चौधरी ग्रुपको सामाजिक एवं मानवीय कल्याणकारी निकाय चौधरी फाउन्डेसनले नवलपरासीको देवचुली–२ दुम्कौलीमा निर्माण गरेको शाश्वत धामको सोमबार सम्पन्न उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र सहभागी भए।
उपराष्ट्रपति नन्दबहादुर पुनले परिवर्तनका मुद्दालाई कसैले खोस्न नसक्ने बताएका छन्। अन्तराष्ट्रिय महिला दिवसका अवसरमा यहाँ आयोजित पश्चिमाञ्चल महिला महोत्सवको मंगलबार कुश्मा बजारमा उद्घाटन गर्दै पुनले यस्तो बताएका हुन।