संसद अधिवेशन वैशाख १६ गते डाकियो
राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा संसदको बजेट अधिवेशन अर्थात संसदको बर्ष अधिवेशन वैशाख १६ गतेका लागि बोलाइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा संसदको बजेट अधिवेशन अर्थात संसदको बर्ष अधिवेशन वैशाख १६ गतेका लागि बोलाइएको छ।
राष्ट्रपतिको शासनकाल लम्ब्याउनका लागि आवश्यक पर्ने संविधान संशोधनलगायतका प्रस्ताव माथिको जनमतसंग्रहका लागि शनिबार इजिप्टमा मतदान सुरु भएको छ। तीन दिनसम्म चल्ने मतदान अप्रिल २२ तारिखमा समाप्त हुनेछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियालाई नियुक्त गरेकी छिन्। संवैधानिक परिषदबाट सिफारिस थपलियालाई बुधवार संसदीय सुनुवाइ विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको थियो।
पेरुका पूर्वराष्ट्रपतिले आत्महत्या गरेका छन्। भ्रष्टाचार आरोप लागेका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका हुन् । बीबीसीका अनुसार पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को सुखद अवसरमा शुभकामना व्यक्त गरेकी छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी हुन्।
सुडानको सेनाले राष्ट्रपतिलाई पदच्युत गरेर सत्ता हातमा लिएको छ। करिब ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल बशीरलाई पदबाट हटाएर नियन्त्रणमा लिइएको रक्षामन्त्री अवाद इब्न ओउफले सरकारी टेलिभिजनमा सम्बोधन गर्दै जनाकारी दिएका छन्।
चैतको पहिलो हप्ता रोल्पाको राङ्सी भनभने पुग्दा यस्तै थियो दृश्य। थवाङ, मिरुल, कुरेली, इरिवाङ, चुनवाङ हुँदै फर्कँदै थिएँ। शहीद मार्गमै पर्ने चप्काबाट १५÷२० मिनेट उकालो चढेपछि राङ्सी भनभने पुगियो। यो त्यहीँ ठाउँ हो, जहाँ उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) का पिता रामसुर पुन अहिले पनि एक्लै बस्छन्। यी दुई घर कुरेर। एउटा घरमा आफैँ बस्छन्। सधैँजसो बन्द हुने अर्को घर उनै उपराष्ट्रपति पुनको हो।
बुढ्यौलीका कारण अशक्त अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोतेफ्लिकाले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिएको सरकारी सञ्चार माध्यमले जनाएको छ।
दुई दशकसम्म शासन गरेका अशक्त र रोगी नेताले पद त्याग्नु पर्ने मागसहित केही साता यता अल्जेरियामा प्रदर्शन जारी रहेको छ। जनरल अहमद गइद सलाहले एक टेलिभिजन सम्बोधनमा देशमा उत्पन्न संकटको संवैधानिक सीमाभित्रै रहेर तत्काल समाधान खोजिनुपर्ने बताउँदै मंगलबार राष्ट्रपति अयोग्य भएको जिकिर गरेका हुन्।
चीन राष्ट्रपति सी चिन फिङले ‘चीन र फ्रान्स विशेष मित्र’ भएको बताएका छन्। फ्रान्सले नयाँ चीनसँग राजदूत स्तरीय कुटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो पश्चिमी मुलुक रहेको स्मरण फ्रान्स भ्रमणमा रहेका सीले चीन–फ्रान्सबीचको सम्बन्धबारे फ्रान्सेली समकक्षीसँग चर्चा गर्ने क्रममा बताए।
भ्रष्टाचारको आरोपमा पक्राउ परेको ब्राजिलकी पूर्वराष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन्। बयान लिनका लागि सोधिएका प्रश्नमा उनले मौन बसेर कुनैपनि जबाफ नदिएको स्थानीय अधिकारीहरुले बताएका छन्। आफूमाथी लागेको भ्रष्टाचारको आरोप अस्विकार गर्दै आएका मिसेललाई बिहीबार पक्राउ गरिएको थियो भने शुक्रबार उनीसँग बयान लिने प्रयास गरिएको थियो।
ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरलाई भ्रष्टाचारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। राजनीतिकर्मी र कर्मचारीतन्त्रका विचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो।
दाजु बीपी कोइरालाका पदचाप उनले नेपाली कांग्रेसको राजनीतिमा मज्जैलै पछ्याए। दाजुको निधनपछि गिरिजा कांग्रेसका कोइराला परिवारका हस्तीका रूपमा देखा परे । यो बागडोर उनले दुई दशक सम्हाले।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपतिसमक्ष ओहदाको प्रमाण–पत्र बुझाएका छन्। बुधबार राष्ट्रपति भवन नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रमका बीच राजदूत आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई ओहदाको पत्र बुझाएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रसंघको बैठकमा भागलिन सोमबार अमेरिका आइपुगेकी छिन्। संयुक्त राष्ट्र संघको ६३ औ महासभाको कमिसन अन द स्टेटस अफ वुमेन (सि एस डब्लु) बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डल सहित राष्टपति भण्डारी अमेरिका आइपुगेकी हुन्।