३० पुस २०८२ बुधबार
image/svg+xml

टिकटकमा यस्तो भिडियो राखेपछि एक जना पक्राउ

सोही पोस्टको आधारमा कृष्णनगर नगरपालिका–१२ नरैनापुरका ४२ वर्षीय बिनोदकुमार ओझा अवैध रूपमा राखेको एक नाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। उनले आफ्नो टिकटक आइडीबाट भरुवा बन्दुकको भिडियो पोस्ट गरेका थिए। भिडियो पोस्ट गरेपछि प्रहरीले ओझाको घरबाट अवैध बन्दुक बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्र कुमार सिंहले बताए।

निर्वाचनलाई सफल बनाउनु सबैको दायित्व : गृहमन्त्री अर्याल

संघीय गृह मन्त्रालय तथा मधेस प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले आगामी फागुन २१ गते निष्पक्ष रूपमा प्रतिनिधिसभा निर्वाचन हुने बताए। उनले भने, ‘निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका सबै अंगलाई गम्भीर भएर कार्यक्षेत्रमा लाग्नु होला।’

महान्यायाधिवक्ता कार्यालयमा रवि लामिछानेको पुरक निवेदन, मुद्दा फिर्ताको माग

लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा विभिन्न पाँचवटा जिल्ला अदालतमा विचाराधीन अवस्थामा छन् ।

देवघाटमा ‘परमानन्द काव्य-सरिता’ तथा ‘उल्टो टोपी’ नाटक प्रदर्शन

तनहुँको देवघाटस्थित परमानन्द गुरुकुलले हरेक वर्ष आयोजना गर्दै आएको ‘परमानन्द काव्य-सरिता’ को १७ औँ शृङ्खला भव्यताका साथ भएको छ।

स्वजागरणले सुशासन र समृद्धि ल्याउने प्रधानमन्त्रीको विश्वास

विभिन्न कालखण्डमा मुलुकमा भएका विविध सामाजिक–राजनीतिक आन्दोलनहरू तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको प्रधानमन्त्रीले बताइन्।

हलेसी तुवाचुङको राष्ट्रपति रनिङ सिल्ड बुलापन्थे माविलाई

प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ३ काँस्य पदकसहित दुर्छिम मावि दोस्रो भएको छ भने ५ स्वर्ण, ३ रजत र १ काँस्य पदकसहित पिपलडाँडा देवीस्थान मावि मंगलटार तेस्रो भएको छ। व्यवस्थापकीय जिम्मेवारी पाएको दुर्छिम माविका प्रधानाध्यापक नविन चामलिङका अनुसार पिपलडाँडा यसअघि लगातार ३ वर्ष सिल्ड विजेता स्कुल हो।

रसिककाे ‘बेलबहादुरसँग बिहे’ लाेकार्पण

साहित्यकार जितेन्द्र रसिकको बालकथा कृति ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण सार्वजनिक गरिएको छ।

प्रधानन्यायाधीश राउत अस्वस्थ

सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उनी अस्पताल भर्ना भएका हुन्। जानकारी अनुसार उनी ज्वरोबाट पीडित छन्।

सर्वोच्च विकासको वार्षिक साधारणसभा

सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।

अभ्यास खेलमा नेपाल आयरल्यान्डसँग सय रनले पराजित

बुधबार मूलपानीको तल्लो क्रिकेट मैदानमा भएको खेलमा आयरल्यान्डले नेपाललाई १०० रनले पराजित गरेको हो। आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनायो।

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को-को छन् ?

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि आज पार्टी सभापति देउवा र महामन्त्री गगन थापासहित विश्वप्रकाश शर्माबीच छलफल भएको थियो।

५७ हजार अमेरिकी डलर बोकेका युवराज समातिए

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो।

आजदेखि राष्ट्रिय लिग : आज दुई खेल

राष्ट्रिय फुटबल लिग आजबाट सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघको आयोजनामा हुन लागेको उक्त लिगमा कुल १७ टोलीले प्रतिस्पर्धा गर्छन्। आज दुई खेलहरु हुँदैछन्।

'परान' प्रदर्शनको ७५औं दिन पुगेको अवसरमा टिकटमा छुट

फिल्म 'परान'ले प्रदर्शनको ७५ औं दिन पूरा गरेको अवसरमा निर्माण टिमले केही दिनका लागि टिकटमा ७५ रुपैंया छुटको व्यवस्था गरेको छ।

किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ

यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो, बिहान पुसको चिसो सिरेटोको बेवास्ता नराखी किसान फरुवा चलाउँदै सखरखण्ड निकाल्न व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्