५ आश्विन २०८१ शनिबार
image/svg+xml

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्क नेतृत्व भिडियो कन्फ्रेन्समा (LIVE)

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखबीच अहिले भिडियो कन्फ्रेन्स चलिरहेको छ। विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसबारे साझा रणनीति तय गर्न सार्क नेताहरु भिडियो कन्फ्रेन्समा आएका हुन्।

कोरोना संकटले जगाउला सार्कको सान

भारत र पाकिस्तानबीचको खिचातानीले सार्क निष्क्रिय बनेका बेला मोदीले राखेको प्रस्तावले संकटका बीच यो क्षेत्रीय संगठनले पुनर्जीवन पाउने आशा पलाएको छ।

कोरोनाविरुद्ध मोदीले गरेको प्रस्ताव सार्क नेतृत्वद्वारा स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध एकजुट भएर सशक्त रणनीति बनाउन सार्क देशका उच्च नेतृत्वलाई गरेको प्रस्ताव सार्क नेताहरुले स्वागत गरेका छन्। मोदीले शुक्रबार ट्वीट गर्दै कोरोनाविरुद्ध सार्कका सदस्य राष्ट्रहरु एक भएर लड्न प्रस्ताव गरेका थिए।

सार्क देशका उच्च नेतृत्वलाई मोदीको प्रस्ताव : कोरोना भाइरसविरुद्ध मिलेर लडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध एकजुट भएर सशक्त रणनीति बनाउन सार्क देशका उच्च नेतृत्वलाई प्रस्ताव राखेका छन्। उनले सार्कका सदस्य राष्ट्रका प्रमुखहरुले भिडियो कन्फ्रेसिङमार्फत यस क्षेत्रका नागरिकहरुलाई स्वस्थ राख्न उपायहरुबारे छलफल गर्न सकिने प्रस्ताव पनि ट्विटमा उल्लेख गरेका छन्।

सार्क यस क्षेत्रका जनताको साझा पहिचान होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यस क्षेत्रका जनताको साझा पहिचान भएको बताएका छन्।

तरकारीको बीउ उत्पादन प्रणालीबारे सार्क बैठक सुरु

‘सार्क राष्ट्रमा उच्च मूल्य जाने तरकारीको बीउ उत्पादन प्रणाली’ विषयक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्तरीय परामर्श बैठक आइतबारदेखि पोखरामा सुरु भएको छ।

भूमिका खोज्दै सार्क आरएसयू

सार्क क्षेत्रमा पशुपक्षीमा हुने सिमाविहीन रोग र महामारी तथा आर्थिक दृष्टिकोणले महत्वपूर्ण रोगको नियन्त्रणमा क्षेत्रगत समन्वयका लागि स्थापना भएको सार्कस्तरीय संस्था सार्क सहयोग एकाइ (सार्क आरएसयू) संरचना बनेकोे डेढ वर्ष पुगे पनि भूमिकाविहीन छ।

पतिको हत्यारासँग पैसा लिने महिला पक्राउ

जिल्ला प्रहरी कार्यालयले जघन्य प्रकृतिका घटनामा संग्लग्न व्यक्तिलाई पक्राउ गरेको छ। आफ्नै पतिको हत्यारासँग पैसा लिइ घटना गुपचुप राखेको आरोपमा भोजपुर नगरपालिका ४ सिद्धेश्वर दाँवाकी मिना मिजार सार्कीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। पतिको हत्यारालाई कानुनको कठघरामा उभ्याउनुको साटो मिनाले उल्टै पैसा लिएर घटना लुकाएकी थिइन्।

सार्कको विकल्प बिम्स्टेक हुन सक्दैन: मायावती

भारतका लागि नेपाली राजदूत आचार्यले हालै एक भारतीय समाचारपत्रलाई दिएको अन्तर्वार्तामा बिम्स्टेक सार्कको विकल्प हुन नसक्ने बताएका थिए

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु

नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सूरु भएको छ। प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रिय विभागको संयुक्त आयोजनामा बुधबारबाट ललितपुरमा सो सम्मेलनको शुभारम्भ गरिएको हो।

दुई दिने अन्तर्राष्ट्रिय (सार्क) युवा वैज्ञानिक सम्मेलन हुने

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दुई दिने सार्क युवा वैज्ञानिक सम्मलेन हुने जानकारी गराईएको हो।

भारत–पाक सम्बन्धका कारण सार्कको भविष्य अनिश्चित

पहिलो कार्यकालको शपथ ग्रहणमा सार्क मुलुकका सरकार प्रमुखलाई निमन्त्रणा गरेका उनले दोस्रो कार्यकालको शथपग्रहणमा बिमस्टेक सम्बद्ध मुलुकलाई मात्र निमन्त्रणा गरेका हुन्।

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने

नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने भएको छ। प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रिय विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ २२ र २३ गते ललितपुरमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने जानकारी गराएका हुन्।

क्षेत्रीय समृद्धिमा जोड

सार्क उद्योग वाणिज्य संघको ७७औं बैठक काठमाडौंमा सुरु भएको छ। बैठकको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बिहीबार एक समारोहबीच चन्द्रागिरीमा उद्घाटन गरेका छन्। बैठक नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा सार्क उवासंघद्वारा आयोजना गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्