१२ असार २०८१ बुधबार
image/svg+xml

फेवातालबाट माटो निकाल्ने योजनाः गफै मात्र

एकदशक अवधिमा फेवातालको माटो निकाल्न भनेर तीनपटकसम्म तालमा डोजर छिराइयो । तर, त्यसले तालको आकार बढाउने वा गहिराई बढाउनमा कुनै सफलता मिलेको छैन । केवल तालको माटो निकाल्ने विषयले चर्चा मात्र पाउने काम गरेको नागरिक समाजका पदाधिकारी बताउँछन् ।

फेवातालको क्षेत्रफलबारे किन विवाद ? (अन्तर्वार्ता)

फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले केहिदिन अगाडि फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी भनेर सार्वजनिक ग¥यो । तर, यो प्रतिवेदन विवादित बन्यो ।

यसरी घट्यो फेवातालको १६०९ रोपनी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ ले २०६९ सालमा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी कायम गरेको थियो।

फेवाताल क्षेत्रफल विवादः भकुण्डे खोला तालमा पर्छ कि पर्दैन ?

दुई प्रतिवेदनबीच फरक भनेको भकुण्डे खोला तालमा पर्छ कि पर्दैन भन्ने मात्रै देखिएको छ । लामिछाने प्रतिवेदनलाई भकुण्डे खोलालाई तालको श्रोतको रुपमा मानेर त्यसलाई तालमै राखेर सिमांकन गरेको छ । तर पौडेल नेतृत्वको समितिले भकुण्डे खोलालाई ताल क्षेत्र नभएकाले त्यसलाई तालको क्षेत्रफलमा समेटेको छैन ।

फेवातालको माटो निकाल्न थालियो

नेपालकै पर्यटकीय केन्द्र पोखराको मुटु मानिने फेवातालको गहिराइ बढाउन सुरु गरिएको छ । फेवातालको बाँध मर्मतसम्भार गर्न फेवातालको पानीको सतह घटाएको मौका पारेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजनमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बृहत् जलाधार व्यवस्थापन कार्यालय, पोखरा महानगरपालिका, जलाधार व्यवस्थापन कार्यालय तनहुँ र ताल संरक्षण तथा विकास प्राधिकरणको सहकार्यमा आजदेखि फेवातालबाट माटो निकाल्न सुरु गरिएको हो ।

फेवातालः सिरान क्षेत्रको पुरै वेवास्ता

करोडौं रुपैयाँ खर्चेर फेवाताल सिरानमा सिल्टेसन ड्याम त बनाइयो, तर, ती ड्याममा भरिएको ढुंगा, माटो, गिट्टी निकालिएन । वर्षाद्मा एकैरातमा भरिएका ती ड्याम बेलैमा खालि नगराउँदा सिरान क्षेत्रबाट बगेर आएको ढुंगा, माटो, गिटी योवर्ष पनि तालमै मिसिन आइपुग्यो।

फेवातालको गहिराई बढाउन माटो निकाल्न थालियो

फेवातालको गहिराई बढाउनका लागि थुप्रिएको माटो निकाल्न थालिएको छ । फेवातालको बाँध मर्मतसम्भारका लागि पानीको सतह घटाएको मौका पारेर माटो निकाल्न थालिएको हो ।

फेवाताल संरक्षणमा सरकारी निर्णय कार्यान्वयनको दुरावस्था

नेपालको पर्यटन व्यवसायमा प्राकृतिक सम्पदाहरूको महत्वपूर्ण योगदान रही आएको कुरामा दुईमत छैन। गण्डकी प्रदेश स्थित जिल्ला कास्कीको पोखरा महानगरपालिकामा रहेका फेवाताल, रूपाताल, बेगनासताल, खास्टेताल, दिपाङताल, गुदेताल, मैदीताल र कमलोगेखरी गण्डकी प्रदेशमा आन्तरिक र वाह्य पर्यटकहरू बोलाउने खानी हुन्।

८ वर्षमा कहाँ हरायो फेवातालको १६ सय १९ रोपनी जमिन ?

वितेको आठ वर्षमा फेवातालको क्षेत्रफल १६ सय १९ रोपनी घटेको पाइएको छ। फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार हाल तालको क्षेत्रफल ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

फेवातालको गहिराई बढाउन माटो निकाल्ने तयारी

पानी घटाएको मौका पारेर माटो निकाल्दै फेवातालको गहिराई बढाइने भएको छ । अहिले तालको बाँध मर्मतसम्भार गर्न फेवातालको पानीको सतह घटाइएको छ ।

फेवातालमा सेल्फी र टिकटक चटारो (तस्बिर सहित)

मुख्य ड्याम मर्मतसम्भारका लागि पानीको सतह घटाउँदा यो बेला फेवाताल विरुप बनेको छ । चारदशकपछि ड्याम मर्मत गर्न पानी घटाउँदा तालको पानीको सतह स्वात्तै घटेको देखिएको छ । पानी घटेको त्यही ताल हेर्न अहिले दिनहुँ पोखरेली फेवाताल पुग्ने गरेका छन् ।

फेवातालको क्षेत्रफल ५.७२ वर्ग किलोमिटर

फेवातालको नयाँ क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी (५.७२ वर्ग किलोमिटर) रहेको भन्दै सीमांकन समितिले प्रतिवेदन तयार पारेको छ। तत्कालिन जिल्ला विकास समिति कास्कीका सभापति पुण्य पौडेलको संयोजकत्वमा गठित फेवाताल सीमांकन तथा नक्सांकन समितिले नयाँ क्षेत्रफलसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो।

फेवातालको क्षेत्रफल ५.७२ वर्ग किलोमिटर

फेवातालको नयाँ क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी (५.७२ वर्ग किलोमिटर) रहेको भन्दै सिमांकन समितिले प्रतिवेदन तयार पारेको छ ।

फेवाताल ड्याम मर्मतः तालबाट माटो निकाल्न विज्ञको सुझाव

ड्याम मर्मतका लागि अहिले फेवातालको जलाशय क्षेत्र घटाइएको छ। पानीको सतह दुई मिटरसम्म घट्ने अनुमान छ। पानीको सतह घटेको मौकामा सुख्खा क्षेत्रको माटो निकाल्न सके तालको गहिराइ बढाउन सकिने विज्ञहरूले सुझाव दिएका छन्। ताललाई बर्सेनि सिरान क्षेत्रबाट बगेर आएको ढुंगा, गिट्टी, बालुवाले पुर्दै लगेको अवस्थामा थुप्रिएको माटो किनाल्न सके तालको गहिराइ बढाउन सकिने विज्ञको भनाइ छ।

पोखरेली भन्छन्ः ड्याम खोलेको बेला फेवातालको माटो निकाल (तस्बिर सहित)

ड्याम मर्मतका लागि यतिबेला फेवातालको जलाशय क्षेत्र घटाइएको छ । पानीको सतह घटेको यही मौकामा सुख्खा क्षेत्रको माटो निकाल्न सके तालको गहिराइ बढाउन सकिने विज्ञहरुले सुझाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्