९ मंसिर २०८१ आइतबार
image/svg+xml

धरोहर धर्मनिरपेक्षता

राज्यको खास धर्म, जात, रङ, लिंग र वर्ण भए त्यहाँ समानता र न्याय नहुने मान्यताअनुसार नै नेपालजस्तो मुलुकमा धर्मनिरपेक्षताको महत्व रहेको धेरैको बुझाइ छ।

पुस २७ गते बिदा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मागलाई सम्बोधन गर्दैै सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नीतिबिना नेतृत्व छान्दै कांग्रेस महाधिवेशन

कांग्रेसले मुलुकका विद्यमान विषयमा मात्र होइन, आफ्नै पार्टीलाई कसरी अघि बढाउने भन्ने कार्यक्रमसमेत महाधिवेशनबाट तय नगर्ने भएको छ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई ‘विदेशी अजेन्डा’ भन्नेहरूलाई डा.भट्टराईका ५ सुझाव

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आदिलाई ‘विदेशी अजेन्डा’ भन्नेहरूलाई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पाँच सुझाव दिएका छन्।

धर्मनिरपेक्षताको बिरुद्धमा राप्रपाको आन्दोलन जारी

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको माग राख्दै आन्दोलनलाई निरन्तरता दिएको छ। धर्मनिरपेक्षता खारेजीको मुख्य माग राखेर आन्दोलनमा उत्रिएका थापा नेतृत्वको राप्रपाले संविधानको खिलाफमा आन्दोलन नभएको भने प्रस्टीकरण दिएको छ।

केका लागि सम्झने मोदीलाई ?

उनका विरोधीहरूले उनलाई अत्यधिक विश्व भ्रमण गरेको र साम्प्रदायिक भावना उचाल्दै त्यसको नियन्त्रण गर्न नसकेको भनी आलोचना गर्नेछन्। लोकतन्त्रलाई कमजोर बनाएको आरोप पनि उनीलाई लाग्ने गरेको छ। भारतका हरेक प्रधानमन्त्रीले कुनै न कुनै विशिष्ट विरासत छाडेर गएका छन्।

महेन्द्रले बनाएको मार्गचित्र

चीनका विद्वान् फाहियानले सनातन परम्परा, जीवनशैली र हिमालयदेखि दक्षिणमा विस्तीर्ण प्राच्य संस्कृतिको अध्ययन गर्न हजारौं माइल हिँडेर धेरै विद्वान्–विदुषीलाई भेटे। उनका समकालीन थिए– चाणक्य। नेपालको बाटो हुँदै फाहियान पाटलीपुत्र (पटना) पुगे। मगध सम्राट चन्द्रगुप्तका प्रधानमन्त्री थिए, चाणक्य। राष्ट्र र जनताको कल्याण तथा अध्ययनबाहेक अन्य कुरामा समय खर्च नगर्ने चाणक्यको ‘प्रधानमन्त्री निवास’ माटोले लिपिएको सानो झुप्रो थियो। विदेशी विद्वान्हरू त्यो देखेर छक्क पर्थे।

धर्मनिरपेक्षता खारेजीको माग गर्दै राप्रपाद्वारा आन्दोलन सुरु

विभिन्न २२ सूत्रीय माग राख्दै सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको राप्रपाले आज फागुन ७ गते प्रजातन्त्रको अवसर पारेर आन्दोलन सुरु गरेको छ। माइतीघरमा आज उसले पर्चा पम्पलेटसहित प्रदर्शन गरेको छ।

धर्मनिरपेक्षताबारे जनमतसंग्रह गराउन माग

पूर्वउपराष्ट्रपति परमानन्द झाले धर्मनिरपेक्षताबारे नेपालमा जनमत संग्रह गराइनुपर्ने बताएका छन्। उनले कुनै व्यक्तिको खुशीका लागि मुलुकलाई धर्मनिरपेक्षता घोषणा गरिएको हो भन्दै अब त्यसबारे जनमत संग्रह गरेर छिनोफानो गर्नुपर्ने बताए।

हिन्दू राज्य पुनःस्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न माग कमाल थापाकाे माग

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हुने संविधान संशोधनमा हिन्दू राज्य पुनःस्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्