७ पुस २०८१ आइतबार
image/svg+xml

निर्माणाधीन आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन

साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो।

चिलिमे–त्रिशूली ३बी हब प्रसारण लाइनको ६०% काम सकियो

प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ। ६ वटा टावर खडा गरिएको छ। आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३बी हबसम्म आठ किलोमिटर चार सर्किट निर्माण गर्नेछ।

सामुदायिक भवन बनाउन १० लाख सहयोग

सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि १० लाख सहयोग गरेको छ।

अरूण–४ को लाइसेन्स विद्युत् प्राधिकरणलाई

अरूण–४ प्राधिकरणले निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरूण जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा तल्लो भागमा पर्छ। अरूण–४ को लाइसेन्स पाएसँगै अरूण नदीमा प्राधिकरणले १५ सय ५१ मेगावाटका दुईवटा आयोजना एकसाथ अगाडि बढाउनेछ।

विद्युत् उत्पादन रोक्ने कुनै निर्णय भएको छैन : मुख्यसचिव

नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले जलविद्युत् आयोजना सर्वेक्षण अनुमति रोक्ने कुनै निर्णय नभएको स्पष्ट पारे।

तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा

विद्युत्गृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात् कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ।

मध्य भोटेकोशीको आइपिओ बिक्री खुला

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिशेयर एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा माग बमोजिम आवेदन नआए ढिलोमा आगामी कात्तिक ३ सम्म आवेदन दिन सकिनेछ।

तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन तीन सातादेखि ठप्प

गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो। युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्षतविक्षत बनाएकाले उत्पादन सञ्चालन हुन नसकेको आयोजनाले जनाएको छ।

माथिल्लो अरूणको निर्माण तत्काल सुरु गर: स्थानीय

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा बुधबार आयोजनाको स्थलगत अवलोकनमा गएको अर्थ मन्त्रालय, विश्व बैंकका प्रतिनिधि सम्मिलित उच्चस्तरीय टोलीलाई स्थानीयबासीले जतिसक्दो छिट्टो उक्त आयोजनाको निर्माण सुरु गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।

बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद: भट्टराई

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन्।

पश्चिम सेती जलविद्युत्को पक्षमा

पश्चिम सेती आयोजना निर्माण हुँदा मुलुकको अर्थतन्त्र मजबुत हुन्छ भन्ने विश्वासका साथ सुदूर पश्चिमेलीहरू थातथलो छाड्न तयार छन्। वाधा विरोध गरेका छैनन्। यसैले स्थानीयवासीको त्याग, धैर्य र निष्ठालाई सम्मान र न्याय गर्न आयोजना निर्माण गर्न पछि पर्नु हुँदैन।

माथिल्लो कर्णाली जलविद्युत आयोजना: ३ महिनाभित्र पिपिए हुने

नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौंता (पिपिए) हुने भएको छ।

अरुण तेश्रोका लागि रोक्का राखिएका जग्गा फुकुवा

संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेश्रोको प्रशारणलाईनको रुट परिवर्तन गरिएका कारण जिल्लाको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दुई वर्ष रोक्का जग्गा फुकुवा गरिएको हो।

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्यकाङ्कन (इआइए) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार पहिलो सातामा स्वीकृत पनि गरिसकेको छ।

बाढीले लघुजलविद्युत्‌ आयोजना बगायो

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोलामा आएको बाढीले दोस्रो दरखोला लघुजलविद्युत् आयोजना बगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्