७ आश्विन २०८१ सोमबार
image/svg+xml

बडहरे बस दुर्घटनाः पीडित परिवारलाई आर्थिक सहायता

एकै गाउँका सातसहित १२ जनाको ज्यान जाने गरी झण्डै दुई साताअघि भएको बडहरे बस दुर्घटनाका मृतकका आश्रित परिवारलाई इन्द्रावती गाउँपालिका र सम्वद्ध यातायात समितिले आर्थिक सहायता प्रदान गरेका छन्।

दुर्घटनामा दुई जनाको मृत्यु

ललितपुरमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–९ चुनिखेलमा बा२ख ५००९ नंको बसले स्थानीयवासी नवीन घिमिरेलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

बस दुर्घटनामा चालकको मृत्यु

तनहुँको भानुमा मंगलबार भएको सवारी दुर्घटनामा बस चालकको मृत्यु भएको छ। डुम्रे बेसिसहर सडकखण्ड अन्तर्गत डुम्रेबाट पाउँदीतर्फ गैरहेको ना ३ ख ९७६८ नम्बरको बस भानु नगरापलिका–१० नेपालडाँडामा दुर्घटनामा परेको हो।

ट्रकको ठक्करले विरामी बोकेको एम्बुलेन्स क्षतिग्रस्त

विरामी बोकेर उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको एक एम्बुलेन्स मंगलबार विहान ट्रकको ठक्करमा परी दुर्घट्नाग्रस्त भएको छ।

ब्राजिलमा विमान दुर्घटना, तीनको मृत्यु

ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ। सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ।

कङ्गोमा सडक दुर्घटनामा परी २४ जनाको मृत्यु

कङ्गोको राजधानी शहर किन्सासामा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

दुर्घटनामा घाइते चालकको उपचारको क्रममा मृत्यु

उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान

दुर्घटनामा परी सुनिता गम्भीर घाइते भएपछि पेटमा रहेको शिशुको मृत्यु भएको थियो। धुलिखेल अस्पतालमा उक्त मृत शिशु शल्यक्रिया गरी निकालिएको हो।

दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिइने

यही असोज २४ गते महाभारत गाउँपालिका-२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ दिने आज सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा लिएका छन्।

मृत बच्चा झिकेर घाइते गर्भवतीको ज्यान बचाइयो

अप्रेसन गरी पेटबाट मृत शिशु निकालेर बडहरे बस दुर्घटनाकी गम्भीर घाइते एक गर्भवती महिलाको ज्यान बचाइएको छ।

रोशी दुर्घटनाका परिवारले पाँच लाख क्षतिपूर्ति पाउने

मृतक दुई जनाको परिवारलाई क्षतिपूर्तिबापत पाँच लाख उपलब्ध गराउने, किरिया खर्चबापत पचास हजार दिने र घाइतेको उपचार गरिदिने गाडी धनी सुनिल थापा तथा मृतकका आफन्तबीच सहमति भएपछि आफन्तले शव बुझेका थिए।

बडहरे दुर्घटनाको पाठ

ट्राफिक प्रहरीलाई राम्रोसँग थाहा छ कि पहाडी सडकहरू राम्रा छैनन्। त्यहाँ चलाइने सवारी साधन थोत्रा छन्। क्षमताभन्दा बढी मानिस हालिरहेका हुन्छन्। तर पनि यस्तो अवस्थालाई कानुनी दायरामा ल्याउन नसक्नु उसको पनि कमजोरी देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्