७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ट्रक ठाेक्किँदा एकको मृत्युु २ गम्भीर घाइते

पाल्पा- दुई ट्रक एक आपसमा ठोकिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। तानसेन रिडी सडकखण्डको रिब्दीकोट गाउँपालिका–२ देउरालीमा भएको दुर्घटनामा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएकाे छ। मृत्यु हुनेमा गुल्मी ठूलोलुम्पेकका हेम कुँवर रहेको छन्।

लु १ ख ९२०२ नम्बरको ट्रकलाई ना ४ ख १७०० नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो। ओरालोमा गुल्मीतर्फ जाँदै गरेको ट्रकले विपरित दिशाबाट आएको ट्रकलाई ठोकेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त ट्रक सडकदेखि झन्डै ३ सय ५० मिटर तल खसेको छ।

दुर्घटनाग्रस्त ट्रकमा सवार तीनजना यात्रु सामान्य घाइते भएका छन्। घाइतेहरुलाई तानसेनस्थित अस्पतालमा पठाइएको छ । घटनास्थलमा प्रहरी, स्थानीय बासिन्दाले उद्दार गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले बताएको छ।

प्रकाशित: १ कार्तिक २०७६ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App