२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

यमभीड

उसै त अँगारझैं कालो अनुहार त्यसमा पनि रिसले चुर परेका यमराजले कड्किदै भन्यो – मास्क लगाए पनि नलगाए पनि सब्जी मण्डी, सपिङ सेन्टर, जात्रामेला, भोजभतेर अनि जुलुस आदिमा भीड नगर्नू त्यो गर्नु आत्महत्या हो भन्दाभन्दै नमानेर भीड गर्नु कोभिड फैलाएर आफू र आफन्तलाई सार्नु आत्महत्या हो। आत्महत्या महाअपराध हो, बुझ्यौ ? हजुरबा ! हजुरबा ! यो कथा अनुसार कोभिड १९ को सट्टा यमभिड ७६ नेपाली नाम राखे कसो होला ?

जिन्दगीमा सुखदुःख सधैं घामपानी हुन्छ

रातले अँध्यारो काटेपछि त बिहानी हुन्छ, हार हैन डटेर यहाँ जितको खजानी हुन्छ। फूल र काँडा पनि सँगसँगै भएजस्तै साथी, जिन्दगीमा सुखदुःख सधैं घामपानी हुन्छ।

चुनौती

खबरदार ! मेरो क्षमादायी मनसँग बारम्बार नाजिस्किनू तिमीजस्तै हुँ म पनि बस् यत्ति बुझ्नू मान्छे हुँ, मान्छे नै रहन चाहन्छु ।

गद्दार

पिएले एकै सासमा भने, “जनता भड्किनुका थुप्रै कारण छन् हजुर । ती मुख्य कारण हुन् बेरोजगार, अशिक्षा, गरिबी, सुकुमबासी समस्या, बढ्दो भ्रष्टाचार, द्वन्द्व, अशान्ति, बढ्दो महँगी, जातीय वर्गीय विभेद आदिआदि ।”

लाकोजूका दुई बालकविता

असल बन्नु बाबु तिमीठूलो पनि बन्नू , सबैभन्दा ठूलो कुरा यो देश हो भन्नु । खराब काम गरयो भने खराब दाग लाग्छ, हाम्रो मनबाट बाबु असल विचार भाग्छ। त्यसैले त असल विचार मनमा पाल्नुपर्छ, खराब सोचाइ आए तुरुन्त फाल्नुपर्छ।

रुम्जाटार

लोकतन्त्रसँगै लोकहरू किन विदेशिए , गणतन्त्रमा गणहरूले योग्यताभन्दा बढी अवसर कसरी पाए , ऊ गम्छ। हिसाब गर्छ। अन्त्यमा सुसाउँछ सल्लाझैं ’ घुमिफिरी.. !’

कृतघ्न

आमा औधी खुसी हुँदै थिइन् । घर अगाडिको रुखको चराले सोच्यो – आहा, मान्छे हुन पाएको भए । त्यहीबेला तिनीहरू आए र आमालाई सुविधासम्पन्न वृद्धाश्रमतिर लिएर गए। जाँदाजाँदै आमाले घर अगाडिको रुखमा बसेको चरालाई हेरिन् र सोचिन् – आहा, बरु चरा हुन पाएको भए।

मनसुन

अचानक आकाशमा चँदुवा टाँगे जस्तो भएर आयो । एकैछिनमा घनघोर वर्षा भयो । हेर्दाहेर्दै बाढी आयो मान्छेहरू कसैले कतै भाग्ने मौका नै पाएनन् । कोही रुख चढेर बाँचे। रुख चढन नभ्याउनेहरू कतिलाई बाढीको भेलले बगाएर लग्यो । रुखहरू र पन्छीका गुँडहरू भने सबै सुरक्षित रहे ।

घर

यो घर, आमा हुँदासम्म त थामिने हो थाम झ्यालढोका ढकमक्क ढाकेर कहिले फर्किने हुन् आमाले पालेको अजम्बरी खुसी आशै आशले तानेको यो उमेरको ढोका बन्द हुने बेला भो यो जीर्ण घरले कतिञ्जेल देला भर।

मलाई असार चाहिन्छ

फेरि –घामको धारमा टेकेर धमिलो खोला तर्न लागेको उसले मलाई चराहरूको सुमधुर आवाज सुनाएर अब तिमी यो गाउँ छोडेर व्यर्थै मेरो मायामा नभुल भन्दैछ तर म कसरी बिर्सूँ उसलाई प्रतीक्षामा भिज्दै कुर्नेछु एक हूल वसन्तलाई अँगाल्दै उसकै यादमा लछप्पै रुझ्नेछु तर, जान्छु नभनी पाइला सार्दै गरेको त्यो असार मलाई चाहिन्छ !

कति राम्रो

घाम हेर्‍यो घाम राम्रो जुन हेर्‍योे जुन राम्रो अँध्यारो रातमा आकाशमा चमचम गर्ने तारा राम्रो संसारकै अग्ला हिमालहरू भएको सुन्दर देश हाम्रो हिमालबाट पग्लिएर बगेका ती नदीनाला राम्रो ।

सुनकै चिता भए पनि डढ्नुपर्छ दाउरामै

सबैको आआफ्नो स्वार्थ छ ! चोरले बन्दुक देखाएर चोरी गर्छ पन्डितले पाप र नर्कको त्रास देखाएर गोजी भर्छ हरेकको आआफ्नो तरिका छ पैसा कमाउने तर जीवनयापनभन्दा अधिक धन सञ्चय गरेर आफैंलाई भोक , रोग , निद्रा र तनावको शिकार बनाउँछ मान्छे सुनकै चिता भए पनि डढ्नुपर्छ दाउरामै हुनुपर्छ खरानी नै बरु गतिलो काम गरे इतिहासमा नाम लेखिन्छ !

लघुकथा समाजको लुम्बिनी प्रदेश समितिमा वनमाली निराकार

समाजले सोमबार साहित्यकार वनमाली निराकारको अध्यक्षतामा लुम्बिनी प्रदेश समितिको गठन गरेको छ । उक्त गठित समितिको उपाध्यक्षमा लघुकथाकारहरू ऋचा लुइँटेल, सचिवमा निर्मल ढुङ्गाना र कोषाध्यक्षमा मन गहिरेलाई चयन गरिएको छ।

हर्ष

अनि यो गोरु चैं किन यति खुशी भएको होला भन्ने खुलदुली त गधालाई पनि रहेछ र उसले गोरुलाई प्रतिप्रश्न गरयो–“तँ चैं किन यतिविघ्न खुशी भएको नि ? आखिर गोरुले पनि जितेको त होइन त ।” “गोरुले नजिते के भो र ! हाम्रो ब्वाँसाले त जित्यो नि”–उसको उत्तर थियो।

लभलेटर गोर्खाल्याण्डलाई

तिमीलाई पाउनु म रातदिन तड्पिरहेको छु । तर तिमी कहाँ छ्यौ, कता छ्यौ सोबारे अनभिज्ञ नै छु । तिम्रो साँध–सिमानाबारे ता झन् म आबा न चाबा छु । तिमीलाई बाहुपाशमा कसेर तिम्रो माथ चुम्बन गर्न मन लागेको छ । तर प्रियतमा गोर्खाल्याण्ड ! तिमीलाई बाहुपाशमा कसी माथचुम्बन गर्ने मेरो इच्छा, आकाङ्क्षा, रहर, जल्पना–कल्पना सायद पूरा हुने हो वा होइन सोबारे म अहर्निश छटपटिरहेको छु ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्