२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

हर्ष

लघुकथा

जीवन दाहाल 

 

इलेक्सनको परिणाम आएपछि एउटा गोरु  निकै खुश भएर हाँस्दै उफ्रदै घर फर्किदै थियो । बाटोमा स्वास्नी मरेका दिन झोक्राएको लोग्ने जसरी  घोसेमुन्टो लगाएर झोक्राइरहेका गधाहरूको झुन्ड भेटियो । उसले टक्क अडिएर गधाहरूको झुन्डमा दृष्टि लगायो र गधाहरूलाई खिस्याउँदै सोध्यो–“के भयो ए गधा हो तिमीहरूलाई ?”

गोरुको स्वर सुनेर गधाहरू मध्येको एउटा गधाले मुन्टो उठायो र गोरुसँग झनक्क रिसाउदै भन्यो–“इलेक्सनमा हाम्रो तर्फको उमेदवार ब्वाँसोले हारेको थाहा पाइनस् र ! सोधेको ?”  

“थाहा छ, थाहा छ । मलाई पनि थाहा हुँदैन त ?” गोरुले आफूलाई सर्वज्ञानी देखाउने कोसिस गरयो।

अनि यो गोरु चैं किन यति खुशी भएको होला भन्ने खुलदुली त गधालाई पनि रहेछ र उसले गोरुलाई प्रतिप्रश्न गरयो–“तँ चैं किन यतिविघ्न खुशी भएको नि ? आखिर गोरुले पनि जितेको त होइन त ।”

“गोरुले नजिते के भो र ! हाम्रो ब्वाँसाले त जित्यो नि”–उसको उत्तर थियो।

प्रकाशित: १५ असार २०७८ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App