२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

चुनौती

कविता

दुर्गा वनवासी शिवाकोटी

 

न्यायको युद्धमा  

पहुँच लड्नेहरू हो !

कहिल्यै नभुल्नू  

समय–चक्र घुमिरहन्छ  

समान, समानान्तर  

 

गल्र्याम्मै ढालेर  

झुठो प्रतिष्ठाको पर्खाल  

निमेषमै पगालेर  

अहंकारको अग्लो हिमाल  

च्यातिन सक्छन्

एकएक गरेर  

कथित शुभचिन्तकका  

भ्रमित खोलहरू

साँच्चिकै

औकातहरू टकराउनु परे  

छिनमै ध्वस्त हुन सक्छ  

तिम्रो आडम्बरी औकात

याद राख  

घाइते बाघको आक्रमण  

झनै भयङ्कर हुन्छ।

 

खबरदार !

मेरो क्षमादायी मनसँग  

बारम्बार नाजिस्किनू  

तिमीजस्तै हुँ म पनि  

बस् यत्ति बुझ्नू  

मान्छे हुँ,  

मान्छे नै रहन चाहन्छु।  

प्रकाशित: १६ असार २०७८ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App