कलाको मूल्य कति ?
कलाको मूल्यको सन्दर्भमा अलि पढे–लेखेकाले ‘एस्थेटिक्स जजमेन्ट’का सन्दर्भ निकाल्छन् । अलि कम जानकार राख्नेले ‘कमिसन वर्क’ कम मूल्यका हुने गर्छन् भन्ने तर्क निकाल्छन् । एस्थेटिक्सको अर्थ कलामा सौन्दर्यता रहनुपर्छ भन्ने हो । तर बुझिने गरी सौन्दर्यताको आयतन, परिवेश र विशेषता भने कतै उल्लेख छैन ।