१२ आश्विन २०८१ शनिबार
image/svg+xml

जग्गा रोक्का गरेर राजश्व उठाइने

आन्तरिक राजश्व कार्यालयले लामो समयदेखि कर/राजश्व नतिर्ने हेटौँडाका २५ व्यवसायीलाई कालोसूचीमा राखी कारवाही अघि बढाएको छ । उक्त कार्यालयका अनुसार लामो समयदेखि १३ व्यवसायीबाट मूल्य अभिवृद्धि कर, १२ व्यवसायीबाट आयकर असुल गर्न बाँकी रहेकाले कारवाही अघि बढाइएको हो ।

प्रदेश नं ३ का स्थानीय तहले राजश्व बाँडफाँट गरेनन्

चालू आर्थिक वर्षको करीब अन्त्यसम्म आइपुग्दा पनि प्रदेश नं ३ का १०० बढी स्थानीय तहले नदीजन्य पदार्थको राजश्व बाँडफाँड गरेका छैनन्। राजश्व बाँडफाँड नभएपछि प्रदेशसभाअन्तर्गतको लेखा समितिले उपसमिति बनाएर स्थानीय तहमा स्थलगतरूपमा अनुगमन गर्न पठाएको छ।

भारतीय गाडीको बढ्दो प्रयोगः ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ

सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर प्लेटको गाडीको प्रयोग बढेको पाइएको छ। भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ।

अन्तत तातोपानीको विकल्प तातोपानी नै

तातोपानी नाकाबाट वार्षिक २० अर्बको आयात र साढे २ अर्ब रुपैयाँको निर्यात व्यापार हुँदै आएको थियो। राज्यले वार्षिक पाँच अर्ब रुपैयाँ राज्य पाउँथ्यो।

राजश्व प्रशासनमा थप प्रभावकारिता आएको छः अर्थमन्त्री

प्रतिनिधिसभाको आजाको बैठकले ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

अब राजश्व छली गर्ने भन्सार कर्मचारीलाई ५ वर्ष कैद र ५ लाख जरिवाना

सरकारले प्रतिनिधिसभामा राजश्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ पेश गरेको छ।

सात किलो सुन ल्याउनेलाई १७ करोडको माग दाबी

सात किलो सुनको हुन आउने सात करोड ११ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनको कसुरमा मुद्दा दर्ता गरेको हो।

सत्ती भन्सारमा चार करोड ५० लाख राजश्व संकलन

कैलालीको व्यापारिक नाका सत्ती भन्सार कार्यालय टीकापुरले सात महिनामा रु चार करोड ४९ लाख ७३ हजार १ सय राजश्व सङ्कलन गरेको छ। भन्सार कार्यालयका प्रमुख वसन्त केसीले गतसालको कात्तिकदेखि यही वैशाख मसान्तसम्म छ महिनाको अवधिमा सो रकम बराबर राजश्व सङ्कलन भएको जानकारी दिए।

कर नबुझाउने करदाताको सूची तयार

आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ।

राजश्व चुहावटसम्बन्धी मुद्दा किनारा उच्च अदालतबाट

राजश्व चुहावट कसूर सम्बन्धि मुद्दाको सुरु कारबाही र किनारा उच्च अदालतबाट हुने व्यवस्था राखेर विधेयक ल्याइएको छ। प्रतिनिधिसभामा आएको राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ लाई संशोधन गर्न बनेको विधेयकले सो व्यवस्था गरेको छ।

हिमाल आरोहण खुला गरेको चार दिनमै चार करोड राजश्व

पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ।

चार दिनमै चार करोड रूपैया राजश्व सङ्कलन

सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट तीन करोड ९० लाख नौ हजार २९७ रूपैंया राजश्व उठेको विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिए। यीमध्ये सबैभन्दा बढी सगरमाथाबाट तीन करोड ५३ लाख रूपैंया राजश्व उठेको छ।

नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौतामा हस्ताक्षर

नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौतामा हस्ताक्षर भएको छ। एक कार्यक्रमका बीच राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुशेनले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

आक्रामक बन्दै अर्थमन्त्रालय, कर नतिरे सम्पत्ति जफत हुने

लक्ष्य अनुसारको राजस्व नपुगेपछि सरकारले राजस्व बक्यौता उठाउने कामलाई तिव्रता दिने भएको छ। लामो समयसम्म कर बक्यौता राखेर बसेका करदाताले समयमा कर नतिरे सम्पति नै लिलाम गरी कर असुल गर्ने तयारी सरकारले गरेको हो।

६ महिनामा ६० लाख बढी राजश्व संकलन

रुकुम (पश्चिम)को आठबीसको नगरपालिकाले  ६ महिनामा ६० लाख भन्दा बढि राजश्व संकलन गरेको छ। नगरपालिकाले गत साउन देखी पुससम्म ६० लाख ४५ हजार ७ सय ३८ रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्