१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

सत्ती भन्सारमा चार करोड ५० लाख राजश्व संकलन

कैलाली– कैलालीको व्यापारिक नाका सत्ती भन्सार कार्यालय टीकापुरले सात महिनामा रु चार करोड ४९ लाख ७३ हजार १ सय राजश्व सङ्कलन गरेको छ। भन्सार कार्यालयका प्रमुख वसन्त केसीले गतसालको कात्तिकदेखि यही वैशाख मसान्तसम्म छ महिनाको अवधिमा सो रकम बराबर राजश्व सङ्कलन भएको जानकारी दिए।

उनले आवश्यक कार्यालय नभएका कारण अझ सोचेजति राजश्व सङ्कलन गर्न नसकिएको बताए। यसअघि छोटी भन्सारका रुपमा रहेको सत्ती भन्सार गत कात्तिक ५ गतेपछि मूल भन्सारमा स्तरोन्नति भएको हो। त्यसअघि गत साउनदेखि कात्तिक ४ गतेसम्म छोटी सो भन्सार कार्यालयले रु ३९ लाख राजश्व मात्र सङ्कलन गरेको थियो।

गतवर्ष वार्षिक रु दुई करोड राजश्व सङ्कलन गरेको भन्सारले यसवर्ष सात महिनामै दोब्बर राजश्ज सङ्कलन गरिसकेको छ। ‘यो रकम पनि कम नै हो, हाम्रो लक्ष्य त रु नौ करोड बढी राजश्व सङ्कलन गर्ने लक्ष्य हो’, उनले भने ‘भन्सारमा आवश्यक कार्यालय पशु क्वारेन्टाइन, खाद्य प्रयोगशालाजस्ता अतिआवश्यक कार्यालय छैनन्, जसले पशुजन्य र खाद्य गुणस्तर जाँच गर्नुपर्ने सामान यो बाटो आउंदैनन्।’ भारततर्फ कच्ची र साँघुरो बाटो भएका कारण ठूला सवारी साधन पनि आउन नसकेको उनले बताए।

खुला सिमानाका र पर्याप्त कर्मचारी नहुँदा समस्या रहेको बताइएको छ। गत कात्तिक महिनाको अन्ततिर भन्सारसँगै सशस्त्र प्रहरी बलको बेसक्याम्प स्थापना गरिएको थियो। प्रहरी स्थापना भएपछि राजश्व सङ्कलनमा वृद्धि भएको उल्लेख गर्दै प्रमुख केसीले सशस्त्र प्रहरीको उपस्थिति पछि चोरी निकासीमा समेत कमी आएको बताए। उनले भने ‘सात महिनाको अवधिमा रु एक करोड बराबरको सामान पक्राउ पनि गरेका छौँ, अब लिलाम पक्रियामा जाने तयारी हुँदैछ।’ भन्सार कार्यालयले ११३ थान मोटरसाइकल र एक थान स्कारपियो कारसमेत बरामद गरेको छ। मोटरसाइकल र कारको समेत लिलाम प्रक्रिया शुरु गरिएको छ। रासस

प्रकाशित: ७ जेष्ठ २०७६ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App