१० मंसिर २०८१ सोमबार
image/svg+xml

रारातालको गहिराइ नाप्न सुरु

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्न थालिएको छ। रारातालको गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता र खोलानालाबाट तालमा मिसिने पानीको ल्याब टेस्ट गर्ने गरी रारातालको सर्वेक्षण सुरु गरिएको हो।

उडान नहुँदा रारामा पर्यटक अलपत्र

कर्णालीमा उडान भर्दै आएका चार वटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लगेपछि अहिले कर्णालीमा उडान ठप्प छ। लगातारको वर्षाले स्थलमार्ग पूर्णरुपमा बन्द छ भने जहाज नचल्दा दशैंको विदा मनाउन राराताल पुगेका पर्यटकहरु सातादेखि अलपत्र परेका हुन्।

रारा जाने मुलबाटोमा सिस्नो प्रशोधन उद्योग

जुम्लाको हिमा गाउँपालिकामा पहिलो पटक सिस्नो प्रशोधन उद्योग स्थापना भएको छ। बाटोमा खेर गइरहेको सिस्नो संकलन गरेर किसानले उद्योगबाट प्रशोधन गर्न थालेका हुन्। यहाँ सिस्नोको खेती गर्नु पर्दैन। यो आफै उम्रन्छ। गाउँपालिका भरीका सबै वडामा प्रशस्त पाइन्छ।

दशैँतिहारमा रारा ताल घुम्नेको लर्को

कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ।

सडकले सुबिधाभन्दा सास्ती बढी

कर्णाली राजमार्गको दैलेख खण्डदेखि कालीकोट खण्डमा दिनहुँ समस्या आइरहन्छ। ठूला सवारीसाधनले साना सवारी साधन सहजै गुड्न सक्ने अवस्था छैन। जाम हुनसक्ने क्षेत्रमा तयारी अवस्थामा डोजर र सडकमा काम गर्ने जनशक्ति राख्न जरुरी छ। सुरक्षाका लागि सडक बीचमा रहेका सुरक्षाकर्मीलाई समेत पर्यटकमैत्री व्यवहार गर्न निर्देशन गर्न जरुरी छ।

प्रधानमन्त्रीले नै बिर्सिए दायित्व

मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुम कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभावकत्व ग्रहण गरे । आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देश्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरैले सिको गरे । रारामै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गरिन् । प्रधानमन्त्री ओलीले कक्षा १ मा भर्ना गराएकी बालिका ठिन्ले विद्यालय प्रथम भइन् ।

कम्पनीलाई पर्यटक खोज्ने जिम्मा

सुर्खेत - कर्णाली प्रदेश सरकारले मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ शुभारम्भ ग¥यो। पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरु भ्रमण वर्षमा सरकारले कुनै उल्लेख्य गतिविधि भने गर्न सकेन। यहाँसम्म कि प्रदेश सरकारले कर्णालीमा आएका आन्तरिक तथा बाह्य पर्यटकको खोजी गर्न एक कम्पनीलाई जिम्मेवारी दिएको पाइएको छ।

जाने हैन त रारा ?

यस वर्षको दसैँ सुरु हुनुभन्दा झन्डै एक महिनाअघिदेखि नै हाम्रो परिवार र बाबाका केही साथीहरूको परिवार दसैँको लामो छुट्टीमा कतै घुमफिरका लागि जाने सल्लाह भएको थियो। कता जाने भनेर निश्चित टुङ्गो नभए पनि देशकै सबैभन्दा ठूलो ताल रारा जाने बढी नै सम्भावना देखिँदै थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्