पहिरोमा पुरिएर स्याङ्जामा चार जनाको मृत्यु
स्याङजाको केवरे-७ उपल्लोताप्के गाउँमा पहिरोले घर पुरिँदा तीज मनाउन आएका आफन्तसहित चार जनाको ज्यान गएको छ। आइतबार बिहान करिब १ बजे झरेको पहिरोले घर पुरेको थियो। स्याङजाका डीएसपी वीरबहादुर पुलामी मगरका अनुसार स्थानीय थमनसिं सारुको घर पहिरोमा पुरिएको थियो।